१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

बुडोल सामुदायिक साकोसको आयोजनामा भङ्गालमा वित्तीय साक्षरता शिविर सम्पन्न


काभ्रे । ग्लोबल मनि विकको सन्दर्भमा साताव्यापी कार्यक्रम आयोजना गरेका बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले चौथो दिन बनेपा न.पा. वडा नं. १३, भङ्गालमा वित्तीय साक्षरता शिविर सम्पन्न गरेको छ ।
कार्यक्रममा २० जना स्थानीय सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सदस्यहरुलाई पैसाको महत्व, व्यवस्थापन, पारिवारिक बजेट निर्माण तथा आम्दानी खर्चको लेखाजोखा राख्न र योजना अनुरुप खर्च व्यवस्थापन गर्न, साथै कस्ता सहकारीमा आफ्नो बचत सुरक्षित हुन्छन्, असल सहकारी कसरी पहिचान गर्ने, सहकारीको अवधारण, बचतको महत्व, पैसाको सुरक्षा लगायत बुडोल सामुदायिक साकोससंग सम्बन्धित विविध विषयमा संस्थाका बनेपा जनमैत्री सेवाकेन्द्र प्रमुख अशोक खत्रीले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सदस्य सेवा शाखा प्रमुख अनिता थापा, संस्थाका कर्मचारीहरु सुशान्त दाहाल र कृष्णमणी सापकोटाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि