१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

ग्लोबल मनि विक : बुडोल सामुदायिक साकोसले गर्‍यो सातै दिन वित्तीय साक्षरता कार्यक्रम


काभ्रे । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहि सेवा प्रवाह गरिरहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ग्लोबल मनि विकको सन्दर्भमा साता भरि नै वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न गरेको छ ।

संस्थाले ५ वटा वित्तीय साक्षरता शिविर, विद्यार्थी लक्षित १ वटा विद्यालयमा बुसा कार्यक्रम र युवा लक्षित १ वटा युवा वित्तीय साक्षरता शिविर सम्पन्न गरेको जानकारी दिइएको छ । कार्यक्रममा पैसाको महत्व, व्यवस्थापन, पारिवारिक बजेट निर्माण तथा आम्दानी खर्चको लेखाजोखा राख्न र योजना अनुरुप खर्च व्यवस्थापन गर्न साथै कस्ता सहकारीमा आफ्नो बचत सुरक्षित हुन्छ, असल सहकारी कसरी पहिचान गर्ने, सहकारीको अवधारणा, बचतको महत्व, पैसाको सुरक्षा लगायत बुडोल सामुदायिक साकोससँग सम्बन्धित विविध विषयमा जानकारी गराइएको जनाइएको छ ।

‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं’ भन्ने नाराका साथ यस वर्षको ग्लोबल मनि विक मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि