१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

सहकारीका ऋणीलाई समयमै साँवाब्याज तिर्न बैतेश्वर गाउँपालिकाको आह्वान


दोलखा । बैतेश्वर गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित सहकारी संस्थाका ऋणीहरुलाई समयमा आफ्नो साँवा ब्याज तिर्न आव्हान गरेको छ ।
केहि ऋणी सदस्यहरुले विभिन्न बहानाबाजी गर्ने, आलटाल गर्ने, संस्थाको ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैरजिम्मेवार अभिव्यक्तिको पछी लागेर समयमा नै ऋणको साँवा–व्याज समयमा नै नतिरेकोले समस्या परेको सूचनामा उल्लेख छ ।
त्यसले गर्दा सहकारी संस्थाहरुमा तरलताको अभाव भै बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने जटिल अवस्था सृजना हुने भन्दै पालिकाले आफुले लगेको साँवा तथा व्याँज समयमा नै भुक्तानी गर्न अपील गरेको हो ।
ऋण तिर्न आलटाल गरेमा संघीय सहकारी ऐन २०७४ को दफा ८३ र ८४, बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ एवं वैतेश्वर गाउँपालिकाको सहकारी ऐन २०७६ (पहिलो संसोधन २०८०) को दफा ६१ र ६२ मा ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरूण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न संस्था स्वयंले सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था भएकोले सचेत रहन र प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका तथा कानूनको बर्खिलाप गरे कानून बमोजिम कारवाही हुने सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि