७ श्रावण २०८१, सोमबार / Mon Jul 22, 2024

सरकारले सहकारी सञ्चालकको सम्पत्ति धितो राखी ५ लाखसम्मको बचत रकम फिर्ता दिने


काठमाडौं । सरकारले सहकारी संस्थाको बचतकर्ताको ५ लाखसम्मको रकम फिर्ता गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८१।८२ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था मिलाइने अर्थमन्त्री वर्षमान सञ्चालकहरुको धितो रोक्कामा रकम फिर्ता दिलाउने व्यवस्था गरिने पुनले घोषणा गरेका हुन् ।

सहकारी संस्थाको सञ्चालक तथा पदाधिकारीहरुको एकाघर परिवारको सदस्यको सम्पत्तिको सुरक्षणमा राखेर ५ लाख बराबरको रकम फिर्ता गर्ने व्यवस्था गरिने अर्थमन्त्री पुनले बजेट भाषणमा उल्लेख छ । हाल सहकारीमा बचतकर्ताको अर्बाै रकम सहकारी संस्थाले फिर्ता गर्न सकेका छैनन् । सहकारीपीडितहरूले बचत फिर्ताको माग राख्दै पटकपटक आन्दोलन गर्दै आएका छन् ।

पहिलो चरणमा ५ लाखसम्म रकम फिर्ता गर्ने जनाइएको हो । त्यसैगरी सरकारीको छुट्टै नियमनकारी निकाय गठन गर्ने र संस्थाहरूबीच मर्जरलाई प्रोत्साहन गरिने सरकारको योजना रहेको अर्थमन्त्री पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि