६ जेष्ठ २०८१, आइतबार / Sun May 19, 2024

केटीहरुलाई कस्ता केटा मन पर्छ ?


केटीहरुलाई आफूप्रति आकर्षित गर्ने एउटा कला हो, त्यसैले जो कोहिले यो काम गर्न सक्दैनन् । केटाहरुको विशेष आनीबानी केटीहरुलाई आकर्षित गर्न सक्छ । आप्mनो व्यक्तित्वमा केही परिवर्तन ल्याएर तपाई आफूलाई विशेष बनाउन सक्नुहुन्छ ।
सबैलाई एउटै खाले मान्छे मन पर्छ भन्ने हुँदैन तर केही यस्ता गुणहरु छन् जो हरेक केटीले आप्mनो केटा साथीमा देख्न चाहन्छन् । केटीहरुसँग भलाद्मी तरिकाले बोल्ने, असल, अरुलाई इज्जत गर्ने, कमलो मन भएको जस्ता केटाहरु प्रायः जसो केटीलाई मन पर्छन् ।
यदि तपाई स्मार्ट हुनुहुन्छ तर पनि कोही केटी तपाईप्रति आकर्षित छैनन् भने तपाईको आनीबानीमा थोरै परिवर्तन ल्याउनुहोस् जसले तपाईलाई मद्दत गर्नेछ ।
इमानदार
धेरैजसो केटीहरु इमानदार केटाहरुप्रति आकर्षित हुन्छन् । यस्ता केटाहरु सबै धेरै केटीहरुको पहिलो रोजाइ हुने गरेको छ । जसको स्वभाव एकदमै सरल र असल छ तर आवश्यकता पर्दा आक्रामक पनि हुन सक्ने । 
केटीप्रति ध्यान नदिने
कतिपय केटीहरु त्यस्ता केटाप्रति बढी ध्यान दिन्छन् जो उनीहरुसँग रिसाए जस्तो वा बेवास्ता गरेर बस्ने स्वभावका । त्यस्ता केटा जो आप्mनै धुनमा रमाइरहेका हुन्छन् जसले केटीहरुप्रति खास चासो देखाउँदैनन् । यदी तपाईको केटीहरु देख्दा बित्तिकै ओभर स्मार्ट बन्ने बानी छ भने तुरुन्तै छोड्नुहोस् । त्यसले तपाईलाई हानी मात्रै गर्नेछ ।
दबंग केटा
केटीहरुलाई प्राय जसो लजाउने र संशोचित केटाहरु मन पर्दैन । जस्तो परिस्थितिको पनि सामना गर्ने र निडर स्वभावका केटाहरु केटीलाई मन पर्छन् । खुलेर आप्mनो कुरा राख्ने केटा राम्रा हुन्छन् ।
गम्भीर स्वभाव
केटीहरुलाई स्वभावले गम्भीर केटा धेरै मन पर्छ । जसले आप्mनो आत्मसम्मान बनाइराखेको होस् । आइ लव यूभन्दै अघिपछि घुम्ने केटाहरु कसैलाई पनि मन पर्दैन । आप्mनो भावना राखीसकेपछि त्यसको जवाफ मागिराख्ने स्वभाव राम्रो होइन ।
हेरविचार गर्ने
केटीहरुलाई केयरिङ केटा मन पर्छ । हरेक कुराको ख्याल गर्ने केटाले सधै अप्ठेरोमा साथ दिन्छ भनने केटीको बुझाइ हुन्छ र उनीहरु त्यस्ता केटाप्रति पूर्ण विश्वास गर्न सक्छन् ।
हँसिलो स्वभाव
जस्को आत्मविश्वास बलियो र सकारात्मक सोंच राख्छ त्यस्तो मान्छे सधैं हसिलो देखिन्छ । त्यस्ता केटाहरु पनि केटीहरुलाई आकर्षक लाग्छन् । तपाई आफू सधै हसिलो हुनुहुन्छ भने अरुलाई पनि खुशी दिन सक्नुहुन्छ ।
महिलालाई सम्मान गर्ने
महिलालाई सम्मान गर्ने खालका केटा केटीहरुलाई खास मन पर्छन् । महिलालाई दिने सम्मानले तपाईको महिलाप्रतिको सोंच कस्तो छ बुभ्mन सकिन्छ । महिलालाई इज्जत दिने मान्छेले कसैप्रति खेलवाड गर्दैन । यसरी केटीहरु ऊ प्रति आकर्षित हुन्छन् ।
एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि