२९ बैशाख २०८१, शनिबार / Sat May 11, 2024

प्रधानमन्त्री ओलीले हुदैं नभएको यस्तो कुरा बोलेपछि आलोचना


काठमाडौं । ग्वलःअर्थात पौराणिक पाशुपत क्षेत्र । नौवटा चोक, नौवटा डबली, नौवटा कुवा, नौवटा धारा, नौवटा इनार, नौवटा शक्तिपीठ, नौवटा क्षेत्रपाल, नौवटा पोखरी र नौवटा सम्प्रदायको संयोजनबाट बन्यो पशुपात क्षेत्र । गोलाकार भएका कारण यस क्षेत्रलाई लिच्छविकालअगाडि ग्वलः भनियो । पछिल्ला दशक पालैपालो ऐतिहासिक मूर्ति एवम् पुरात्विक महत्वका सम्पदा हराउन थालेका छन् । गोलाकार रुपमा फैलिएको पाशुपतको अस्तित्व खतरामा पर्न थालेको छ ।

पशुपति क्षेत्रबाट हराएका मूर्तिको यकिन विवरण कोषसँग छैन । हराएका मूर्तिबारे आधिकारिक जानकारी माग्दा कोषले दिन सकेन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दिएको अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गरेका छन् । प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना भएको हो । गत शनिबार मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भन्नुभएको थियो, ‘मैले प्रधानमन्त्री हुँदाको बेला भनेका थिएँ– ‘अब काठमाडौँमा नाक समाएर हिँड्नुपदैन । माक्स लगाएर हिँड्नुपर्दैन । म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे । अहिले सडकमा मास्क लगाएर कोही पनि हिँड्दैनन् ।’

प्रधानमन्त्री यस्तो भनेपछि कार्यक्रममा उपस्थित धेरैले तालीसमेत बजाए । प्रधानमन्त्रीको भाषण पत्याउने हो भने उपत्यका धुँवा र धुलोमुक्त भएकाले सडकमा माक्स लगाएर हिँड्नुपर्ने अवस्था छैन । तर यथार्थ भने ठीक उल्टो छ । प्रधानमन्त्रीले हावादारी कुरा बोलेको भन्दै सामाजिक सञ्जालमार्फत चर्को आलोचना भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि