४ जेष्ठ २०८१, शुक्रबार / Fri May 17, 2024

भारतीय जासुस गोयल नेपालमा मिसन पूरा गरी फर्किए


भारतीय खुफिया एजेन्सी ‘रअ’ टोली मिसन पूरा गर्दै दिल्ली फर्किएको छ । शनिवारदेखि ‘रअ’ प्रमुख सामन्त गोयलले नेपालमा गरेको उच्चस्तरीय भेटघाटसम्बन्धी व्यापक टिप्पणी भए पनि भेटघाटमा संलग्न सम्बन्धित पक्षबाट जनतासमक्ष औपचारिक पुष्टि या खण्डन भने आएको छैन ।
अहिले सम्बन्धित पक्षले यसबारेमा मुख नखोल्दा गोयलको भ्रमण झन् शंकास्पद बनिरहेको छ ।
गोयल शनिबार नेपाल आएपछि हयात होटेलमा बसेका थिए, तर सम्बन्धित पक्षले गोयलसँगको भेटवार्ताबारे मुख नखोल्दा भ्रमण शंकास्पद हुन पुगेको हो ।


सोमवार बिहान गोयलले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई उनकै निवासमा भेटेको चर्चा चल्यो, समाचार श्रोतका अनुसार गोयल र प्रचण्डबीच २ घन्टाभन्दा बढी वार्ता भएको बताइएको छ । तर यस विषयमा प्रचण्डको सचिवालय अहिलेसम्म भेटवार्ताबारे जानकारी दिएको छैन ।


गोयल र प्रधानमन्त्रीको भेटवार्ताबारे पनि सरकारले औपचारिक जानकारी दिएको छैन ।
समाचार स्रोतका अनुसार गोयल राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड, प्रतिपक्षी दलका सभापति देउवा, राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरू, कर्मचारी संयन्त्रका उच्चपदस्थ अधिमकारी, पत्रकार लगायतलाई भेटेर भारत फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि