३ जेष्ठ २०८१, बिहिबार / Thu May 16, 2024

विपद्का सबै सूचना एकै ठाउँबाट


एकीकृत सूचना प्रणाली अन्र्तगतको www.bipad.gov.np बाट सम्पूर्ण जानकारी लिन सकिने


काठमाण्डौ – अब कुनै पनि बेला हुने विपद्का घटनाको जानकारी पाउन सकस झेल्नु नपर्नुभएको छ । वर्तमानमा कहाँ के भइरहेको छ भनेर जानकारी सहजै पाउन सकिने भएको छ ।
साथै भएका घटनाबारे के भईरहेको छ, राहत पाएको छ कि छैन, कुन निकायले राहत उपलब्ध गराउँदै छ भन्ने सहज जानकारी लिनका गृह मन्त्रालयले अहिले परीक्षण गरिरहेको ‘एकीकृत सूचना प्रणाली’ अन्तर्गतको धधध।दष्उबम।नयख।लउ लग इन गरे पुग्छ । यसबाट सूचना मात्रै आउने नभई आधिकारिक निकायबाट प्रतिकार्यमा तत्कालै जुट्नसमेत मद्दत गर्ने विश्वास लिइएको छ ।
गृह मन्त्रालयका अनुसार विपद्का सूचनाहरू एकै ठाउँबाट सबैले जानकारी पाउन सक्नेछन् । स्रोत, साधन, जनशक्ति, समय र बुद्धीको दुरूपयोग नहोस् भन्ने उद्देश्यले एकीकृत सूचना प्रणालीको अवधारणा अघि सारिएको मन्त्रालय सम्बद्ध अधिकारीहरुले बताएका छन् ।
एकीकृत सूचना प्रणाली अहिले परीक्षण कै क्रममा छ । नेपाल प्रहरी र राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले विवरण हालेर प्रयोग गरिरहेको छ । छिटै प्रदेश, स्थानीय तह, जिल्ला र विपद्को क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई समेत युजर आईडी र पासवर्ड उपलब्ध गराएर हरेक क्षेत्रका घटना र भएका उपलब्धिहरू उनीहरूले नै अपलोड गर्न सक्ने गरी वेबसाइटको विकास गरिएको छ ।


घटनाहरूको विवरण तत्कालै स्थानीय क्षेत्रबाटै हाल्न सक्ने र राहत वितरण भए नभएको समेत जानकारी दिन सकिन्छ । यसको सञ्चालनका लागि निर्देशक समितिको नेतृत्व गृह मन्त्रालयका सहसचिव इन्दु घिमिरेले गर्नुभएको छ भने प्राविधिक समितिको नेतृत्व केन्द्रका प्रमुखले नै गरेका छन् । अब आउने ठूलो विपदमा साइटको प्रयोग गर्ने योजना रहेको र छिटै प्रदेश र स्थानीय तहमा छलफल चलाउने गृह मन्त्रालयले जनाएको छ ।

वेबसाइटले यसरी गर्छ काम


www.bipad.gov.np खोल्ने वित्तिकै ड्यासबोर्ड खुल्छ । दायाँतर्फ हेर्न सक्नुहुन्छ कुनै प्रदेश भनेर लोकेशन फिल्टर गर्न सकिनेछ । बायाँतर्फ साइटमा विपद् अप्सनमा गएर विवरणहरू लिन सकिन्छ ।
त्यसपछि विभिन्न अप्सनहरू आउँछन् । आवश्यकता अनुसारको अप्सनमा क्लिक गरे पनि विवरणहरू थाहा पाउन सकिन्छ । यसले सूचना चाँडो र एकीकृत रूपमा ल्याउन सहयोग गर्नेछ । मुख्यगरी साइटको सबैभन्दा दाहिनेपट्टी छ वटा मुख्य अप्सनबाट धेरै कुराहरू थाहा पाउन सकिन्छ । यहाँ देश र प्रदेशको नक्सासहित जानकारी पाउन सकिन्छ ।
यहाँ इन्सिडेन्ट, ड्यामेज एण्ड लस, रियल टाइम, प्रोफाइल, रिस्क इन्फोलगायत अप्सन छ ।
इन्सिडेन्टमा क्लिक गरेपछि नेपालमा भएका घटना देख्न सकिन्छ । यसमा सयौँ वर्ष अघिदेखिका घटना फेला पार्न सकिन्छ । दिन, हप्ता, महिना, वर्षमा भएका विपद्का घटनाबारे जानकारी प्राप्त गर्न सकिने वेब साइट निर्माण गर्ने संस्था युथ इनोभेशन ल्याब काठमाडौँका कार्यकारी निर्देशक प्रदीप खतिवडाले जानकारी दिनुभयो ।
मंगलबार अपराह्नको विवरणअनुसार गएको एक महिनामा नेपालमा ५०६ वटा विपद्का घटना भएका छन् । जसमा १०० जनाको ज्यान गएको छ । पहिरोका १७७, बाढीका ११६, आगलागीका १०६, चट्याङका ४१ वटा घटना भएको अभिलेख छ । यही अभिलेखमा सन् २०११ देखि अहिलेसम्म १८ हजार ४२० घटनामा १० हजार ६३० जनाको ज्यान गएको खतिवडाले साइटको विवरणबारे बताउनुभयो ।
यसलाई ६ महिना अघिदेखि बनाउन थालिएको हो । युथ इनोभेशन ल्याबले ३० जना इञ्जिनियरको सहयोगमा निर्माण गरेको उक्त साइट परीक्षण प्रयोगमा आइसकेको छ । अब प्रचारप्रसारसँगै प्रदेश र स्थानीय तहलाई कसरी सञ्चालन गर्ने भनेर प्रशिक्षण दिन बाँकी नै छ । सबै क्षेत्रमा जानकारी पुगेपछि भने प्रभावकारी हुने आशा राखिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि