१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

‘धुलिखेल नगर क्षेत्रभित्र स्नातक तहसम्मको शिक्षा निशुल्क’


काभ्रे । धुलिखेल नगरपालिकाले नगर क्षेत्र भित्रका सबै शैक्षिक संस्थाहरुमा स्नातक तहसम्मको शिक्षा निशुल्क गर्ने निणर्य गरेको थियो । सोहीअनुसार नगरपालिकाले क्याम्पसहरुलाई छात्रवृत्ति बापतको रकम उपलब्ध गराएको छ ।
कक्षा १ देखि १२ कक्षासम्मको शिक्षा निशुल्क भए पनि स्नातक तहको शिक्षामा नगरपालिकाले छात्रवृत्ति उपलब्ध गराएको हो ।
नगर क्षेत्र भित्रका स्थायी बासिन्दाहरु सबैलाई निशुल्क शिक्षाको पहुँच पुर्‍याउने उदेश्यले कक्षा १ देखि स्नातक तहसम्मको शिक्षामा निशुल्क गर्ने ब्यवस्था मिलाएको धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो ।
धुलिखेल नगरपालिका क्षेत्रका संजिवनी क्याम्पस र धुलिखेल क्याम्पसमा ३ सय भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत छन् । नगरपालिकाले ती दुवै क्याम्पसका लागि छात्रवृत्ति बापत ८/८ लाख रुपैया उपलब्ध गराएको नगर प्रमुख ब्याञ्जुले बताउनुभएको छ ।
धुलिखेल नगरपालिका भित्र वडा नम्वर २ को रविओपीमा सेतिदेवी मावी, वडा नम्वर ५ को श्रीखण्डपुरमा श्रीखण्डपुर मावी, वडा नम्वर ६ मा पूणर्सञ्जिवनी मावी, वडा नम्वर ७ मा धुलिखेल क्याम्पस र सञ्जिवनी मावी, धुलिखेल ११ मा हनुमान मावीमा कक्षा १२ सम्मको अध्ययन भईरहेको छ । सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीहरुका लागि निशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेको छ । सोहि घोषणा अनुसार अन्य प्राविधिक विषय बाहेक अधिकांश विद्यालयहरुले निशुल्क शिक्षा प्रदान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि