५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

तीन महिनामा ६ करोड ३० लाख थान कम्प्युटर बिक्रि


एजेन्सी

विश्व कम्प्युटर बजारमा छाएको मन्दी केही हट्ने संकेत देखिएको छ । झण्डै आधा वर्षसम्म गिरावट झेलिरहेको कम्प्युटर बजारमा पछिल्लो तीन महिनामा १ दशमलव ५ प्रतिशतको वृद्धि देखिएको हो ।
सन् २०१९ को दोश्रो त्रैमासिक अर्थात् अप्रिलदेखि जूनसम्मको अवधीमा विश्व बजारमा ६ करोड ३० थान व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने कम्प्युटर बिक्री भएका तथ्याङ्क सार्वजनिक भएको छ । यो गत वर्षको सोही अवधिको भन्दा डेढ प्रतिशतले बढी हो ।
रिसर्च फर्म गार्टनरले सार्वजनिक गरेको रिपोर्टअनुसार गत वर्ष सन् २०१८ को दोश्रो त्रैमासिकमा विश्वमा ६ करोड २० लाख थान कम्प्युटर बिक्री भएका थिए ।
गार्टनरका वरिष्ठ अधिकारीका अनुसार यो अवधिमा डेस्कटप पर्सनल कम्प्युटरको बिक्रीमा उल्लेख्य बढोत्तरी भएको छ भने मोबाइल पर्सनल कम्प्युटरको बिक्री चाहिँ घटेको छ । सन् २०१९ को दोश्रो त्रैमासिकमा विन्डोज १० रिफ्रेसका कारण पर्सनल कम्प्युटरको बिक्रीमा बढोत्तरी देखिएको हो ।
साथै पछिल्लो समयमा इन्टेल कम्पनीले उत्पादन गर्ने सिपियुमा देखिएको अभाव हटेका कारण पनि पर्सनल कम्प्युटरको उत्पादन तथा बिक्रीमा सकारात्मक परिवर्तन आएको बताइएको छ ।
चीन र अमेरिकाबीचको व्यापार युद्धले दोश्रो त्रैमासिकको पर्सनल कम्प्युटर बजारमा असर नपारेको भएपनि आगामी दिनमा चाहीँ प्रभाव पर्नसक्ने आशंका गरिएको छ ।
यदि अमेरिकाले चीनमा उत्पादित कम्प्युटरहरुको आयातमा कर वृद्धि गरेमा त्यसले कम्प्युटरको मूल्य बढ्ने र बजार प्रभावित हुने विश्लेषकहरुको भनाइ छ ।
हाल बजारमा प्रचलितमध्ये धेरै ल्यापटप कम्प्युटर अनि ट्याबलेटहरु चीनमा उत्पादन भएर अमेरिका लगायतका विश्व बजारमा आपूर्ति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि