१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

यी हुन् एप्पलले ल्याएका ४ नयाँ आइफोन


एजेन्सी । लामो प्रतिक्षालाई चिर्दै एप्पलले एकसाथ चारवटा नयाँ आइफोन सार्वजनिक गरेको छ । आइफोनसँगै एप्पलले सुपथ मूल्यको नयाँ स्मार्ट स्पिकर होमपोड मिनीसमेत ल्याएको छ ।
एप्पलले सार्वजनिक गरेका नयाँ संस्करणका आइफोनमा आइफोन १२, आइफोन १२ प्रो, आइफोन १२ प्रो म्याक्स र आइफोन १२ मिनी रहेका छन् ।
एप्पलका सबै नयाँ आइफोनले फाइभ जी सपोर्ट गर्नेछन् ।
एप्पलको आइफोन १२ मा ६.१ इन्चको स्क्रिन रहेको छ । यसमा ए १४ बायोनिक प्रोसेसर रहेको छ । आइफोन १२ निलो, हरियो, कालो, सेतो र रातो रङमा उपलब्ध हुनुका साथै ६४ जिबी, १२८ जिबी र २५६ जिबी इन्टर्नल स्टोरेज मोडेलमा उपलब्ध छ ।
एप्पलले ल्याएको आइफोन १२ मिनी यस वर्षको सबैभन्दा सानो आकारको आइफोन हो । यसमा ५.४ इन्चको ओएलइडी डिस्प्लेयुक्त स्क्रिन रहेको छ भने आइफोन १२ मिनीमा रहेको सिक्स कोर सिपियूले यो आइफोनलाई अन्य स्मार्टफोनभन्दा ५० प्रतिशत फास्ट बनाउने दाबी एप्पलले गरेको छ ।
एप्पलले ल्याएको आइफोन १२ प्रो मा ६.१ इन्चको ओएलइडी डिस्प्ले रहेको छ भने आइफोन १२ प्रो म्याक्समा ६.७ इन्चको डिस्प्ले छ । दुवै आइफोनमा ए १४ बायोनिक प्रोसेसर छ ।
आइफोन १२ र १२ मिनीमा जस्तै प्रो र प्रो म्याक्समा पनि ट्रिपल क्यामरा सेटअप रहेको छ । साथै यी दुई आइफोनमा लिडार स्क्यानर रहेको छ । यसले कम प्रकाशमा समेत उत्कृष्ट तस्वीर खिच्न सहयोग गर्नेछ ।
आइफोन १२ प्रो र प्रो म्याक्स १२८, २५६ र ५१२ गिगाबाइट इन्टर्नल स्टोरेज गरी ३ वटा मोडेलमा उपलब्ध हुनेछन् । प्रो को सुरुवाती मूल्य ९९९ डलर र प्रो म्याक्सको सुरुआती मुल्य १०९९ डलर तोकिएको छ । त्यस्तै आइफोन १२ को सूरुवाती मूल्य ७ सय ९९ डलर तथा आइफोन १२ मिनीको सुरुवाती मूल्य ६ सय ९९ डलर तोकिएको छ ।

त्यस्तै एप्पलको होमपोड मिनीको मूल्य ९९ डलर तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि