२ जेष्ठ २०८१, बुधबार / Wed May 15, 2024

साम्राज्ञीको बिकिनी मोह


अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले बिकिनीप्रतिको आफ्नो प्रेमलाई सामाजिक सञ्जालमा छताछुल्ल बनाएकी छिन् ।
काठमाडौंमै पनि स्वीमिङ पुल पुगेका बेला स्वीमिङ सुटमा बिन्दास शैलीमा फोटोसेसन गराउँदै आएकी साम्राज्ञीले अहिले भने इन्डोनेसियाको बाली पुगेर आफ्नो बिकिनीप्रेम खुलेर प्रस्तुत गरेकी हुन् ।

बालीको समुद्री किनारमा बिकिनी लगाएर आकर्षक तस्बिरमा सार्वजनिक भएकी साम्राज्ञी उनका प्रेमी देवाङ्सक राणाको कसिलो अँगालोमा देख्न सकिन्छ । बिकिनीमै रहेकी साम्राज्ञी आफ्नो प्रेमीको अँगालोमा बेरिएकी मात्र छैनन्, उनका प्रेमीले निर्धक्क उनको अधरपान गरेका सहजै अड्काल गर्न सकिन्छ । राणाले आफ्नो इन्स्टाग्राममार्फत ती तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा त्यसले नकारात्मक टिप्पणी भरिभराऊ नै भयो ।
अधिकांश सेलिब्रेटीले सामाजिक सञ्जालमै साम्राज्ञी र देवाङ्सकका कामोत्तेजकझैं लाग्ने तस्बिरप्रति व्यंग्य गरेका छन् । मयंक खड्कासंग ब्रेकअप भएपछि साम्राज्ञी अहिले देवाङ्सक राणासँगको प्रेममा छिन् । देवाङ्सक उद्योग वाणिज्य महासंघ नेपालकी अध्यक्ष भवानी राणाका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि