१ जेष्ठ २०८१, मंगलबार / Tue May 14, 2024

चन्द्रमामा भारतीय चन्द्रयान–२ को अवतरण प्रयास असफल


एजेन्सी

काठमाडौं । भारतले जुलाइ २२ मा प्रक्षेपण गरेको चन्द्रयान २ चन्द्रमामा अवतरण गर्ने प्रयास असफल भएको छ ।
आज बिहान १ देखि साढे २ बजेको अन्तरालमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने पूर्वतयारी भएपनि अन्तिम समयमा यान सम्पर्क विहिन भएको वैज्ञानिकहरुलाई उध्रित गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चन्द्रयान २ अवतरणको नजिकै पुगेपछि प्राविधिक समस्या आएको बताइएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि यान अवतरण गरेको छैन ।
भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो)ले चन्द्रयान अवतरण हुनु केही समयअघि मात्र हराएको बताएको छ । सन् २००८ मा भारतले पहिलो पटक चन्द्रमामा रेकट प्रक्षेपण गरेको थियो ।
यो सँगै भारत चन्द्रमामा रकेट पठाउने चौथो राष्ट्र भएको छ । चन्द्रमामा रकेटको सफ्ट ल्याण्डिङ गराउनु चुनौतीपूर्ण रहेको इस्रोका वैज्ञानिकहरुले बताएका छन् । चन्द्रमामा भन्दा मंगलग्रहमा यस्तो ल्याण्डिङ गराउन सजिलो हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि