६ जेष्ठ २०८१, आइतबार / Sun May 19, 2024

नेपाली चलचित्र : ६ हप्तामा एक दर्जन फ्लप


मिडिया क्लब नेपाल, काठमाडौं । देशभर जाडो बढेको छ । तिहारपछि मौसम चिसिएसँगै चलचित्रको व्यापार पनि चिसिन थालेको छ । यो चिसिने क्रम कहिलेसम्म जारी रहला भनेर चलचित्रकर्मी तथा हल मालिक दुवै अनविज्ञ छन् ।

तिहारको समयमा चलेका ‘छ माया छपक्कै’, ‘कबड्डी’, ‘पोइ र्पयो काले’ ले लगानी उठाउन सफल भए । तर, त्यसपछि चलचित्रको बजार सुनसान छ । त्यसपछि नाम चलेका कलाकार, चर्चित ब्रान्ड सबै असफल भए ।

कात्तिक १५ मा ‘वादशाह जुट’, कात्तिक २२ मा ‘घामड शेरे, ‘जीवन काँडा कि फूल’, कात्तिक २७ मा ‘मिस्टर नेपाली’, ‘सम्झिराख है’, मंसिर ६ गते ‘च च हुई’, मंसिरको १३ गते ‘सरौतो’ र ‘लभ यू हमेशा’, मंसिरको २० मा ‘माछा माछा’, ‘माया पिरिम’ र मंसिर २७ मा दुई चलचित्र ‘प्रेम संसार’ र सूर्य किरण’ रिलिज भए । करिब डेढ महिनाको अन्तरमा एक दर्जन बढी चलचित्र हलमा आएको देखिन्छ । एक दर्जन बढी चलचित्रको औषत लगानी हेर्दा करिब १० देखि १२ करोड रुपैयाँ डेढ महिनामा नै स्वाहा भएको प्रष्ट छ । यो आँकडा हेर्दा यो विकराल अवस्था हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि