४ जेष्ठ २०८१, शुक्रबार / Fri May 17, 2024

भारत–चीन सीमा विवाद : गोली चलाएको विषयमा एक आपसमा चर्काे आरोप प्रत्यारोप


भारतले तत्कालै प्रतिक्रिया दिँदा पनि चिन सधै मौन

काठमाडौं । शक्तिशाली दुई राष्ट्र चिन र भारतको सिमा लद्दाखमा गोली चलेको विषयमा चिन र भारत बिच एक आपसमा आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
लद्दाखमा भारतीय सेनाले सीमास्थित नियन्त्रणरेखा उल्लङ्घन गरेको चिनियाँ आरोपको भारतले खण्डन गरेको छ ।
बरु उक्त दुर्गम हिमाली क्षेत्रमा दुई पक्षबीच तनाव उत्पन्न हुँदा चिनियाँ पक्षले हावामा गोली चलाएको दाबी पनि गरिएको छ ।
भारतका अनुसार विवादित क्षेत्रमा सोमवार चिनियाँ सैनिकहरू भारतीय सैन्य इलाकानजिकै आउन खोजेका थिए ।
प्रतिक्रियास्वरूप भारतीय सेनाले चिनियाँ पक्षलाई फिर्ता गराउन खोज्दा चिनियाँ सैनिकहरूले हावामा गोली हानेको चिनको दाबी रहेको छ ।
गत राति चिनियाँ सेनाले भारतीय सैनिकहरूले चेतावनी दिँदै गोली हानेपछि आफूले प्रतिकार गरेको बताएको थियो ।
विश्लेषकहरूका अनुसार सन् १९७५ पछि उक्त क्षेत्रको सीमामा गोली चलेको यो पहिलो पटक हो । गत जुन महिनामा भारतीय र चिनियाँ सेनाबीच गलवान क्षेत्रमा भिडन्त हुँदा कम्तीमा २० भारतीय सैनिकहरूको मृत्यु भएको थियो । त्यो बेला गोली भने चलेको थिएन ।
उक्त घटनामा आफूतर्फ कति सैनिक हताहत भए भन्नेबारे चीनले हालसम्म पनि केही बताएको छैन ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि