३ जेष्ठ २०८१, बिहिबार / Thu May 16, 2024

५० प्रतिशत बेड कोभिडका बिरामीलाई छुट्याउनु पर्ने


काठमाडौं । सबै सरकारी अस्पताल निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुले आफ्नो अस्पतालमा भएको कुल शैय्याको ५० प्रतिशत शय्या कोभिडका बिरामीका लागि छुट्याउन पर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियु लगायतका सबै प्रकारका पूर्वाधारहरु कोभिडका बिरामीका लागि आजकै मिति देखि छुट्याउन भनेको हो ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले यो निर्णय सरकारी अस्पतालका हकमा पनि लागू हुने नियमित प्रेस ब्रिफिङ मार्फत जानकारी दिएका छन् ।
यसअघि निजी सहकारी र सामुदायिकमा २० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत शैय्या छुट्याउनु पर्ने व्यवस्था थियो । मन्त्रालयले उक्त निर्णय परिवर्तन गर्दै ५० प्रतिशत पु¥याएको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि