४ जेष्ठ २०८१, शुक्रबार / Fri May 17, 2024

‘अफगानिस्तान’ महिलाको निम्ति खतरनाक ठाउँ


एजेन्सी । “हालै अफगानिस्तानमा महिला प्रहरी अधिकृतमाथि भएको जघन्य आक्रमणले विश्वमा महिलाको निम्ति सबैभन्दा खतरनाक देश अफगानिस्तान हो भन्ने कुरा उदाङ्गो पारिदिएको छ । सरकारले त्यस्ता घटनाको दोष तालिबानमाथि लगाए पनि यथार्थ के हो ? अफगानिस्तानमा महिला प्रहरी अधिकृत खातिराले देशको रक्षा गर्ने आफ्नो चाहनाको निकै ठूलो मूल्य चुकाउनु प¥यो । अफगानिस्तानको गजनी सहरस्थित घरमा उनी काम सकेर फर्किँदै थिइन् जब दुईजना मानिस मोटरसाइकलमा र एकजना पैदल आए । पैदल हिडिरहेकी खातिरालाई घर नजिकै गोली हाने ।”
“खातिराका बुवालाई पक्राउ गरिएको छ र अपराध गर्न लगाएको आरोप लगाइएको छ । छोरीका अनुसार उनले काम नगरून् भन्ने बुवाको चाहना थियो त्यसैले उनीहरू अलग्गिएका थिए । गृहमन्त्रीले उनका बुवा तालिबानका सदस्य रहेको आरोप लगाएका छन् । तर गजनीको प्रहरीले उनी एक सामान्य नागरिक भएको बताएको छ । काबुलस्थित अस्पतालमा उपचार गराएपछि खातिरा गजनी फर्किएकी छन् । चोटपछि पनि उनले आफू काममा फर्किन चाहेको बताएकी छन् । तर अधिकारीहरूले सङ्कोच मानिरहेका छन् ।”

अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफामले अफगानिस्तान महिलाको निम्ति निकै खतरनाक देशहरूमध्ये एक भएको बताएको छ ।
अफगानिस्तानको गजनी, कुन्दुज र काबुल प्रान्तहरूमा हालै महिला अधिकृतहरूलाई निशाना बनाइएको उक्त संस्थाले बताएको छ ।
तर अफगान सरकारले हरेक घटनाको दोष तालिबानमाथि लगाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि