५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

पोखरामा थप सात जना कोरोना संक्रमितको मृत्यु


पोखरा । पोखरामा थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार राति र शुक्रबार बिहान गरी सात जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखरा महानगरपालिका–२७ का ७१ वर्षीय संक्रमितको बिहीबार राति गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो । अस्पतालका अनुसार कात्तिक २९ मा कोरोना पुष्टि भएका उनलाई बाइल्याटरन निमोनिया, उच्च रक्तचापको समस्या थियो ।
गण्डकी मेडिकल कलेजमै पोखरा–८ का ५४ वर्षीय पुरुषले शुक्रबार उपचारका क्रममा ज्यान गुमाए । कात्तिक २३ मा कोरोना पुष्टि भएका उनी बाइल्याटरल निमोनिया, मृगौला रोग, उच्च रक्तचापबाट समेत पीडित रहेको जनाइएको छ । मेडिकल कलेजमा उपचारकै क्रममा शुक्रबार बिहान अर्का कोरोना संक्रमित पुरुषको ज्यान गयो । तनहुँको म्याग्दे गाउँपालिका–४ का ५१ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई कात्तिक ३ म कोरोना पुष्टि भएको थियो ।
पोखरा–९ का ६८ वर्षीय संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति ११ बजे मृत्यु भयो । बिहीबार नै कोरोना पुष्टि भएका उनलाई बाइल्याटरल निमोनिया र मधुमेहसमेत थियो । प्रतिष्ठानमै उपचारका क्रममा पोखरा–२१ का ७५ वर्षीय संक्रमितले बिहीबार राति ज्यान गुमाए । बिहीबार नै कोरोना पुष्टि भएका उनलाई पनि निमोनियाले च्यापेको थियो ।
शुक्रबार प्रतिष्ठानमा उपचारका क्रममा पोखरा–१७ का २९ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भयो । शुक्रबार नै कोरोना परीक्षण पोजिटिभ आएका उनलाई निमोनिया र हातखुट्टा गल्ने समस्या देखिएको अस्पतालले जनाएको छ । पोखरा–१३ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको प्रतिष्ठानमै उपचारका क्रममा शुक्रबार निधन भयो । उनलाई निमोनिया, मृगौला रोग र मधुमेहको समस्या थियो ।
यससँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि