२९ बैशाख २०८१, शनिबार / Sat May 11, 2024

बर्दिवास घटनामा मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले महोत्तरीको बर्दिवास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब खातुनको हत्या प्रकरणमा भएको आगजनी तथा प्रदर्शनको क्रममा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको तथा अन्य व्यक्तिहरू घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
आयोगको एक विज्ञप्तिमार्फत प्रहरीले चलाएको गोली लागी महोत्तरीको बर्दिवास नगरपालिकाका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको तथा अन्य व्यक्तिहरू घाइते भएको आयोगको प्रारम्भिक अनुगमनबाट पाइएको जनाएको छ । यसबारे आयोगको प्रदेश २ कार्यालय जनकपुरबाट स्थलगत अनुगमन भइरहेको आयोगले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि