३० बैशाख २०८१, आइतबार / Sun May 12, 2024

सिराहामा झारफुकको बहानामा युवती बलात्कार


लहान । सिराहामा झारफुकको नाममा बलात्कार गरेको आरोपमा मुस्लिम धर्मगुरू पक्राउ परेका छन् ।
सिराहाको लहानबाट मुस्लिम धर्मगुरू मौलवी (हजरत)लाई सिराहा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका वडा नं. १० महेशपुर गाउँका ३५ वर्षीय मोहम्मद अली हसन रहेको प्रहरीले बताएका छन् ।
मौलवी लहानमा डेरा गरी बस्दै आएको बताइएको छ ।
जबरजस्ती करणी मुद्दामा सरकारी वकिल कार्यालयमार्फत अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ लहान नगरपालिका वडा नं. ७ की २३ वर्षीया मुस्लिम युवती सामान्य बिरामी परेपछि आफ्नो जातीय धर्मगुरूसँग झारफुक गराउन मौलवीको डेरामा पुगेकी थिइन् ।
मौलवीले झारफुकको नाममा बलात्कार गरेका भन्दै ती युवतीले आफ्नो परिवारलाई भनेपछि घटना प्रहरीमा पुगेको हो । प्रहरीले मौलवीलाई लहान नगरपालिका वडा नं. १० बाट मंगलबार राति नै नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि