५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

‘होला त केपी शर्मा ओलीलाई अनुशासनको कारबाही ?’


Photo/File

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरु बालुवाटारमा भेला हुन थालेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान मात्रै आकस्मिक मन्त्री परिषद बैठक राखेर संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । नेकपाका अधिकांश नेताले प्रधानमन्त्रीको यो कदम असंवैधानिक भएको बताएका छन् ।
यो स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न सक्ने र थप निर्णयका लागि तत्काल केन्द्रीय कमिटी एवं संसदीय दलको बैठक बस्न सक्ने नेकपाका एक नेताले जानकारी दिएका छन् ।
बैठकमा प्रधानमन्त्रीमाथि अनुशासनको प्रश्न उठ्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि