५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

‘संसद विघटन : राजनीनिक अस्थिरताको असर व्यवसायमा’


काठमाडौं । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि प्रभावित भएको उद्योग व्यवसाय क्षेत्र पछिल्लो राजनितिक घटनाक्रमले थप प्रभावित हुने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन् ।
प्रतिनिधि सभा विघटनपछि सुरु भएको आन्दोलन र विरोध प्रदर्शनका विभिन्न क्रियाकलापले उद्योग व्यवसाय देखि पर्यटन क्षेत्रमा झन नराम्रो असर पर्ने आशंका उनीहरूमा देखिन्छ ।
राजनीतिक अस्थिरताले लगानीको वातावरण पनि बिग्रिने व्यवसायीहरू भन्छन् ।
विस्तारै ती क्षेत्रमा सुधारको लक्षण देखिएका बेला प्रतिनिधि सभा विघटन र उक्त निर्णयको विरोधमा सडकमा प्रदर्शनहरू सुरु भएका छन् ।
यसले व्यवसायीहरूलाई फेरि झस्काएको छ ।

विगतमा राजनीतिक अस्थिरता र विरोधका बेला सबैभन्दा बढी प्रभावित हुने गरेको अनुभव पर्यटन व्यवसायीहरूको छ ।
विस्तारै अन्तर्राष्ट्रिय उडानहरू सुरु हुन थालेको र कोरोनाभाइरसको खोप समेत आउन लागेका बेला फेरि पछिल्लो गतिविधिले प्रभावित गर्ने चिन्ता उनीहरूको छ ।
होटल एसोसिएसन अफ नेपालका उपाध्यक्ष विनायक शाह भन्छन्, ‘संसारभरि समाचार गइहाल्यो । कतै नाराबाजी कतै टायर बालेका दृश्य प्रसारित भएपछि अब आउन ठिक्क परेकाहरू पनि हतोत्साही हुने भए ।’
सडकमा हुने प्रदर्शनले बन्द हडतालको रूप लिएमा त्यसले सबै क्षेत्र प्रभावित पार्ने चिन्ता व्यवसायीमा देखिन्छ ।
स्थिर सरकार हुँदा बन्दै गएको लगानीको वातावरण बिग्रिने र रोजगारी लगायतका अवसर गुम्ने नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा बताउँछन् ।
यस्तो राजनीतिक अन्योलले छिट्टै निकास पाउने र कोरोनाभाइरसको खोपसँगै उद्योग व्यवसाय क्षेत्रले भोगेको पीडादायी समयको अन्त्य हुने आशा भने आफूहरूले नमारेको व्यवसायीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि