१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

ग्लोबल मनि विकको सन्दर्भमा “विद्यालयमा बुसा” कार्यक्रम सम्पन्न


काभ्रे । ‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं’ भन्ने नाराका साथ साताव्यापी रूपमा ग्लोब मनि विक मनाइदै छ ।

ग्लोबल मनि विकको दोश्रो दिन बुडोल सामुदायिक साकोसले “विद्यालयमा बुसा” कार्यक्रम सम्पन्न गरेको छ । धुलिखेल न.पा. वडा नं. ९, पानीट्याङ्की स्थित श्री बाल बिकास विद्याश्रममा “विद्यालयमा बुसा” कार्यक्रम सम्पन्न गरेको हो । सो विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत ४५ जना विद्यार्थीहरुलाई सहकारीको अवधारण, बचतको महत्व, पैसाको सुरक्षा र बुडोल सामुदायिक साकोससंग सम्बन्धित विविध विषयमा संस्थाका बरिष्ठ कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले जानकारी प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाको धुलिखेल सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य भरत बहादुर बस्नेत, सोहि सेवाकेन्द्र प्रमुख इन्दिरा कार्की के.सी., सदस्य सेवा शाखा प्रमुख अनिता थापा र संस्थाका कर्मचारी सागर कुँवरको उपस्थिति रहेको थियो । ग्लोबल मनि विक अन्तर्गत साता भरि नै संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि