५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

‘काठमाडौं विश्वविद्यालयले कर्मचारी संघसँगको सम्झौता अझै गरेन कार्यान्वयन’


काभ्रे । काठमाडौं विश्वविद्यालयमा विगत केही समयदेखि विश्वविद्यालय प्रशासन र विभिन्न संघ÷संगठनहरुबीच विवाद हुँदै आएको छ । विश्वविद्यालयका विद्यार्थी संगठन, प्राध्यापक संघ तथा कर्मचारी संघले विश्वविद्यालय प्रशासनको कार्यशैली प्रति बेलाबेलामा आपत्ति जनाउँदै आइरहेका छन् ।
बेलाबेलाका आन्दोलन, हड्तालपश्चात विश्वविद्यालय प्रशासनले आन्दोलनरत पक्षसँग सम्झौता त गर्छ, तर सम्झौताको कार्यान्वयन भने निकै कम गर्ने गरेको देखिन्छ ।
हाल उपकुलपति डा. रामकण्ठ माकजूको दोस्रो कार्यकाल माघ ७ गतेबाट सकिदैछ । डा. रामकण्ठ माकजूको कार्यकालमा भएका सम्झौताहरु भने थुप्रै कार्यान्वयन हुन बाँकी रहेको काठमाडौं विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष सुरेन्द्र के.सी.ले बताएका छन् ।
काठमाडौं विश्वविद्यालय कर्मचारी संघ (कुसा) र विश्वविद्यालय प्रशासनबीच २०७६ भदौ ३० गते एक सम्झौता भएको थियो । उक्त सम्झौता विश्वविद्यालय प्रशासनले हालसम्म पनि कार्यान्वयन नगरेको अध्यक्षले के.सी.ले मिडिया क्लब नेपाललाई बताए ।
विश्वविद्यालयले कर्मचारीहरुको वृत्तिविकास, कर्मचारी नियुक्ति, स्थायी, पदोन्नति जस्ता विषयमा ध्यानै नदिएको कर्मचारी संघको भनाई छ ।
गत पुस ७ गते काठमाडौं विश्वविद्यालय कर्मचारी संघको बैठक हात्तीवनस्थित स्कुल अफ आर्टस÷एजुकेशन मा संघका अध्यक्ष सुरेन्द्र के.सी.को अध्यक्षतामा बसि पहिला गरिएका सम्झौता कार्यान्वयन गराउन खबरदारी गर्नेदेखि संवैधानिक हकअनुसार विश्वविद्यालयको निर्णायक तहहरुमा कर्मचारी संघको प्रतिनिधित्व गराउने निर्णयसमेत गरेको छ ।

काठमाडौं विश्वविद्यालय कर्मचारी संघको बैठकले गरेको निर्णयहरु यस्ता छन् :

विश्वविद्यालय र कर्चारीसंघ बीच भएको सम्भौता कार्यान्वयनको लागी उच्च पदाधीकारीहरूलाइ ध्यानाकर्षण र खबरदारी गराउने ।
यथाशिघ्र कर्मचारिहरूको वृति विकासका कार्यहरू गर्न दबाब दिने ।
कर्मचारीहरूको छुट नियुक्ती, समायोजन, स्थायी र बढुवाका कार्यहरू यथासिघ्र गराउने ।
कर्मचारी संघ ट्रेड युनियनलाई कार्यालय र बजेट उपलब्ध गराउने ।
संवैधानीक हक अधीकार अनुसार कर्मचारीहरूलाइ विश्वविद्यालयको निर्णायक तहरूमा प्रतिनिधित्व गराउने ।
विश्वविद्यालय सभा र बोर्डमा यस संघका का.मु. अध्यक्ष श्री सुदन ढुड्गेलज्युलाइ सहभागिता नगराई आफैले गरेको सम्झौता बिपरित पदाधिकारीले अपमानित र पेशागत हकहितमा आघात पु¥याएकोले सो सम्बन्धमा स्पष्टीकरण सहित भुलसुधार गराउने ।
त्यसैगरी यस वि.वि. सभामा संघका अध्यक्षज्युको नाममा पेशागत हकहितको ख्याल नगर्ने तथा संवैधानिक हक अधीकार (सूचना र अभिव्यक्ती) लाइ कुन्ठित हुने किसिमले अपव्याख्या सहित अपमान हुने वक्तव्यहरूलाइ माइन्युट गरिएकोमा घोर भत्र्सना सहित पुर्लेखनको लागी दबाव दिने ।
TTC, Canteen & Driver Services निर्देशिकाहरू खारेज भएपछि ती कर्मचारीहरुलाइ विश्वविद्यालय सेवा शर्त नियम अन्तर्गत रहने गरी समायोजन गर्नुको सट्टा पुनः सोही नियम बनाउने माइन्युट भएकोमा घोर आपत्ती गर्दै पुर्नलेखनको लागी दबाव दिने ।
क.बि. प्राध्यापक संघसंग असहजता र असमजभदारी नरहने गरी थप सहकार्य र संघर्षका कार्यहरू अगाडी बढाउनुको विकल्प नरहेकोले यथासिघ्र छलफल र योजनाहरूका कार्यहरू अगाडी बढाउने ।
उपकुलपतिको दोस्रो कार्यकाल समाप्त हुन लागेकोले नयाँ नियुक्त हुने उपकुलपति प्रशासनिक ज्ञान र अनुभव भएको, कर्मचारिहरूको पेशागत र संवैधानिक हकलाई स्वीकार्ने, सबैलाइ मिलाएर लान सक्ने उपयुक्त व्यक्ति हुनुपर्ने हाम्रो ठहर भएकोले सोको लागि बहस चलाउने र उच्च निकायहरूलाइ अनुरोध गर्ने ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि