६ जेष्ठ २०८१, आइतबार / Sun May 19, 2024

‘धुलिखेल अस्पतालको साथ दुधकोशी सामुदायिक अस्पताललाई’


काभ्रे । विपन्न नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्थापना गरिएको दूधकोशी सामूदायिक अस्पतालबाट विशेषज्ञ सहितको चिकित्सकीय सेवा प्रवाह गर्न धुलिखेल अस्पतालले साथ दिने भएको छ ।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ६ मुक्लीमा निर्माणधीन ५० शैयाको दूधकोशी सामुदायिक अस्पतालबाट विशेषज्ञसहितको चिकित्सकीय सेवा प्रवाह गर्न धुलिखेल अस्पताल र थुलुङ दूधकोशी गाउँपालिकाबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असीम राई र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा। रमेश मकाजुले हस्ताक्षर गरेका छन् ।
धुलिखेल अस्पतालको साथपछि प्रदेशमै मातृशिशु र ट्रमा सेन्टरमा अस्पताल अब्बल बन्ने गाउँपालिका प्रमुख राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि