२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

‘विश्वविद्यालयमा रहेको गुटबन्दी, दमन र शोषणको अन्त्य गर्नकै लागी माकजूको बहिर्गमन आवश्यक छ’


हामीले यो स्तम्भमा ‘काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा वर्तमान उपकुलपति प्रा.डा. रामकण्ठ माकजूको सम्भावना कति छ ?’ भनेर सोधेका थियौँ । काठमाडौं विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष सुरेन्द्र केसीको विचार जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।

सुरेन्द्र के.सी.
अध्यक्ष, काठमाडौं विश्वविद्यालय कर्मचारी संघ

अहिलेसम्मको ‘संरक्षण समिति’ सधै एकै व्यक्तिको पक्षपोषण गर्ने, नयाँ योग्य नेतृत्वहरूलाई खासै ध्यान नदिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबमा पर्ने, सिमित व्यक्तिहरुको नीजी स्वार्थ पूर्ति गर्न लाग्ने, कहिले मेडिकल माफियाहरुको अफर र दबावका कारण नयाँ मेडिकल कलेजहरूलाई सम्बन्धन र स्वीकृति दिन प्रेरित गर्ने गरिएको सुनिएको छ ।
अर्काेतिर विश्वविद्यालय पदाधिकारी स्वयंले शिक्षक तथा कर्मचारीसँग सम्झौता गरि ‘एक व्यक्ति दुई कार्यकाल’ मात्र हुने संकल्प प्रस्ताव सिनेटमा गरेको, डा. गोविन्द केसिसँग सरकारले गरेको सम्झौता, प्राध्यापक केदार भक्त माथेमाको आयोगले सरकारलाई बुझाएको प्रतिबेदन जसमा सार्वजनिक पदमा नियुक्त गर्न नहुने नामहरुमध्ये डा. माकाजु समेत रहेको छ । काठमाडौं विश्वविद्यालय सभाबाटै स्वयं प्रधानमन्त्रीले योजना आयोगका माननीय सदस्य डा. उषा झाको संयोजकत्वमा गठित समितिको प्रतिवेदन सार्वजनिक नहुनु र हालसम्म धेरै नै विवादित, संबैधानिक अधिकार र पेशागत हकहितको लागी लडेका शिक्षक तथा कर्मचारीहरुलाइ दमन लगायत विविध विषयका समाचारहरु राष्ट्रिय स्रतका सञ्चार माध्यममा पनि आएको कुरा सर्वविदितै छ ।
विश्वविद्यालयको कुलपति समेत रहनु भएका सम्माननीय प्रधानमन्त्रीज्यूबाट माथी उल्लेखित सबै विषयहरुलाई मध्यनजर गरी विश्वविद्यालयमा रहेको द्वन्द्व, गुटबन्दी, दमन र शोषणको अन्त्य गर्नकै लागि अब तेस्रो पटक पनि माकाजुलाइ नै नियुक्ति नगरी उपयुक्त निर्णय गर्नुहुने अपेक्षा तथा बिश्वास मैले राखेको छु ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि