६ जेष्ठ २०८१, आइतबार / Sun May 19, 2024

भारतले नेपाललाई दिने अनुदानमा वृद्धि, १५ अर्ब ८७ करोड विनियोजन


काठमाडौं । भारतले नेपाललाई दिने वार्षिक अनुदानमा बढाएको छ । आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार वित्त मन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको केन्द्रीय बजेटअनुसार नेपालले पाउने वार्षिक अनुदान अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब १२ करोड भारु ९१ अर्ब ८९ करोड रुपैयाँले बढेको छ ।
भारतीय वित्त मन्त्रालयका अनुसार यो वर्ष नेपालले भारतबाट ९ अर्ब ९२ करोड भारु ९१५ अर्ब ८७ करोड रुपैयाँ प्राप्त गर्ने भएको छ । यसअघि भारतले आव २०२०÷२१ को बजेटमा भने नेपालले पाउने अनुदानमा भारी कटौती गरेको थियो । आव २०१९÷२० मा नेपालले पाउने अनुदान ११ अर्ब ९८ करोड थियो ।
गत वर्षको बजेटले यसलाई कटौती गरी ८ अर्ब ८० करोड भारुमा झारेको थियो । तर आज सार्वजनिक भएको बजेटमा भने नेपालले पाउने अनुदानमा वृद्धि भएको हो ।
यो बजेट अप्रिल २०२१ बाट कार्यान्वयनमा आउने छ । भारतले पहिलो पटक पेपरलेस बजेट ल्याएको छ । जसमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ ।
भारतले विभिन्न मुलुकलाई दिने अनुदानमध्ये सबैभन्दा ठूलो रकम भुटानलाई छुट्टयाउने गरेको छ । यो रकममा समेत भारतले उल्लेख वृद्धि गरेको छ । आंकडा अनुसार आव २०२१÷२२ मा भुटानले भारतबाट ३० अर्ब ४ करोड भारु पाउने छ ।

यस्तो छ भारतले घोषणा गरेको छिमेकी मुलुकलाई दिने अनुदान (भारु)
भुटान : ३० अर्ब ४ करोड
नेपाल : ९ अर्ब ९२ करोड
अफगानिस्तान : ३ अर्ब ५० करोड
बंगलादेश : २ अर्ब
श्रीलंका : २ अर्ब
माल्दिभ्स : २ अर्ब ५० करोड
म्यानमार : ४ अर्ब

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि