४ जेष्ठ २०८१, शुक्रबार / Fri May 17, 2024

‘बालबालिका तस्करी १५ वर्षमा तीन गुणा वृद्धि’


काठमाडौं । विगत १५ वर्षयता बालबालिका तस्करी गर्ने क्रम तीन गुनाले बढेको संयुक्त राष्ट्र सङ्घले बताएको छ ।
लागु औषध तथा अपराधसम्बन्धी राष्ट्रसङ्घीय कार्यालयको एउटा अध्ययन प्रतिवेदन अनुसार सन् २०१८ मा १४८ वटा देशमा बालबालिकाको अवैध ओसार पसारका करिब ५० हजार घटना भएको तथ्याङ्क छ ।
वास्तविक संख्या अझ बढी हुनसक्ने प्रतिवेदनमा उल्लेख छ ।
बालिकाहरूलाई मुख्यतः यौन शोषणका लागि र बालकहरूलाई बलपूर्वक श्रम गराउनका लागि तस्करी गर्ने गरिएको राष्ट्रसङ्घले जनाएको छ ।
कोरोनाभाइरस महामारीका कारण लाखौँ मानिस काम विहीन बन्न पुगेकाले र बालबालिकाहरू विद्यालय जान नपाइरहेकाले अवस्था झन खराब हुनसक्ने प्रतिवेदनले औँल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि