६ जेष्ठ २०८१, आइतबार / Sun May 19, 2024

भुटानमा ‘सैन्य कू’ प्रयास असफल


सेनापति र प्रधानन्यायाधीशलाई हटाएर शक्ति आफ्नो हातमा लिन खोजेको आरोपमा एक भुटानी सैनिक अधिकारी र दुई न्यायाधीशलाई प्रहरीले पक्राउ गरेको छ ।
अलजजिरासहितका अन्तराष्ट्रिय संचारमाध्यमले हिमाली राष्ट्र भुटानमा सम्भावित सैन्य ‘कू’ असफल भएको उल्लेख गरेका छन् ।
राजपरिवारका पूर्व अंगरक्षक बिग्रेडियर थिन्ले तोब्गे, उच्च अदालतका न्यायाधीश किन्ले छिरिङ र जिल्ला अदालतका मुख्य न्यायाधीश एसे दोर्जीलाई नजरबन्दमा राखिएको छ ।
यी तीनजनालाई सम्भावित तख्ता पलटको आरोपमा घरमै नजरबन्दमा राखिएको थियो र अहिले अदालतमा उपस्थित गराइएको छ । यी तीनमाथि प्रधानसेनापति जनरल बाटु छिरिङलाई भ्रष्टाचारमा मुछेर सत्ता आफ्नो नियन्त्रणमा लिन खोजेको आरोप लगाइएको छ ।
थिम्पु जिल्ला अदालतले यी तीनलाई हिरासतमा राखेर छानविन गर्न अनुमति दिएको छ र फेब्रुअरी २७ मा पहिलो सुनुवाइ तोकिएको छ । सम्भावित कूको घटनाले भारत र चीनबीच रहेको ७ लाख ५० हजार जनसंख्याको मुलुक एकाएक चर्चामा आएको छ ।
विवरणअनुसार तोग्बेले संयुक्त राष्ट्रसंघबाट खरिद गरिएको गाडीसम्बन्धी बोलपत्र प्रक्रियाका कागजात गैरकानुनीरुपमा कब्जामा लिएको जनाइएको छ । बोलपत्र सार्वजनिक र निश्पक्षरुपमा गरिएपनि उक्त कागजपत्रको माध्यमबाट सैनिक नेतृत्वलाई बदनाम गराउन खोजिएको भुटानी संचारमाध्यमले लेखेका छन् ।
केही महिनाअघि पक्राउ गरिएकी एक महिलाले सम्भावित तख्तापलटबारे खुलासा गरेको जनाइएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि