३ जेष्ठ २०८१, बिहिबार / Thu May 16, 2024

‘कोभिड–१९ का कारण अमेरिकामा ५ लाखभन्दा बढीको मृत्यु’


अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुने मानिसको संख्या पाँच लाख नाघेको छ । अमेरिका कोरोना भाइरसका कारण सर्वाधिक मृत्यु बेहोर्ने देश हो ।

अमेरिकाको पश्चिमी तटमा पहिलो पटक कोरोनाभाइरस पाइएको एक वर्षभित्र पाँच लाखभन्दा बढीको उक्त रोगका कारण निधन भएको हो । कोरोनाभाइरस सुरुमा चीनमा देखा परेको थियो ।
मृतकको संख्या पाँच लाख नाघेको कठोर क्षणलाई ह्वाइट हाउसमा मौनधारण र मैनबत्ती बालेर स्मरण गरिएको छ ।

त्यहाँ अमेरिकी राष्ट्रपति जो बाइडनले शोक मन्तव्य पनि दिए ।

अमेरिकामा दुई करोड ८१ लाखभन्दा बढी मानिसहरू कोरोनाभाइरस सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको सर्वाधिक सङ्क्रमण हुने देशको सूचीमा अमेरिका शीर्ष स्थानमा छ ।
राष्ट्रपति बाइडनले सोमवार दिउँसो जारी गरेको आह्वानमा सबै सङ्घीय संस्थालाई आगामी पाँच दिनका लागि आधा झण्डा झुकाउन भनिएको छ ।

बाइडनले ह्वाइट हाउसमा भने, ‘अहिलेसम्म भाइरसका कारण पाँच लाखभन्दा बढी अमेरिकीहरूको ज्यान गइसकेको छ । यो एक वर्षभित्र महामारीका कारण पहिलो र दोस्रो विश्वयुद्ध तथा भियतनाम युद्धमा अमेरिकाको पक्षमा भएको मानवीय क्षतिभन्दा बढी हो ।’
अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको संख्या दोस्रो स्थानमा रहेको भारतको भन्दा दोबर देखिएको छ ।
अमेरिकापछि ब्रजिलमा सबैभन्दा धेरै मानिसको निधन भएको छ। त्यहाँ दुई लाख ४४ हजारको कोभिड–१९ का कारण ज्यान गइसकेको छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको मेक्सिकोमा एक लाख ७८ हजारको निधन भएको छ ।

बिबिसी

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि