२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

केयूले बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाएपछि चिकित्सा क्षेत्र तरङ्गित


काठमाडौं । केही समय पहिले मेडिकल कलेजलाई मनलाग्दी सम्बन्धन दिएको भनि विवादित भएको विषय पुनः ब्युतिएको छ ।
काठमाडौं विश्वविद्यालयले झापाको बिर्तामोडमा रहेको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धनसम्बन्धी प्रक्रिया अगाडि बढाउने निणर्य गरेपछि चिकित्सा शिक्षा क्षेत्र तरङ्गित छ ।
काठमाडौं विश्वविद्यालयको सिनेटको बैठकमा सहकुलपति रहेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले ’सम्बन्धन दिन सकिन्छ कि सकिँदैन’ भनेर प्रस्ताव ल्याएको अधिकारीहरुले बताएका छन् ।

केही वर्षदेखि सञ्चालनमा रहेको उक्त अस्पलालले चिकित्सा शिक्षा ऐन बन्नुभन्दा अगाडिकै निवेदन भएकोले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने ऐनको नियम लागु नहुने दाबी गरेको छ ।

तर विश्वविद्यालयले भने निवेदन नभेटिएको बताएको छ ।
चिकित्सा शिक्षा आयोग भने यस विषयमो बेखबर रहेको बताएको छ ।
विगतको मन्त्रिपरिषद बैठकले सम्बन्धन दिने काम बन्द गरेको तर अहिले सरकारले उक्त बन्द फुकुवा गरिसकेको भन्दै शिक्षामन्त्री श्रेष्ठले बिएन्डसी अस्पताललाई सम्बन्धन दिन सकिने वा नसकिने कुरा प्रस्तावको रूपमा अगाडि ल्याएको बताइएको छ ।
सम्बन्धनका लागि परेका निवेदनलाई ‘हुन्छ वा हुँदैन’ भनेर किनारा लगाउनका लागि मात्र मन्त्री श्रेष्ठले सिनेट बैठकमा कुरा उठाएको भनि पन्छि खोजेका छन् ।
बिएन्डसी र त्यसको सम्बन्धनको विषयमा मन्त्री आफैँले चासो अगाडि बढाउँदा त्यसमा प्रशस्त शंका गर्न सकिने जानकारहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि