६ जेष्ठ २०८१, आइतबार / Sun May 19, 2024

‘नेकपा एमालेमा ओली र नेपाल पक्षबीच कुरा मिलेन’


काठमाडौं । नेकपा एमालेका दुई समूहको बैठक बिनानिष्कर्ष टुङ्गिएको सहभागी नेताहरूले बताएका छन् ।

माधवकुमार नेपाल पक्षका नेता तथा एमाले उपाध्यक्ष भीम रावलका अनुसार गएको शुक्रवार प्रधानमन्त्री ओली पक्षधर नेताहरूको बैठकले गरेको निणर्य खारेज गर्न गरिएको मागबारे प्रधानमन्त्री ओलीले कुनै प्रतिबद्धता जनाएनन् ।

“करिब दुई घण्टा छलफल भयो। तर हाम्रो कुरा मिलेन” उनले भने ।
नेता रावलका अनुसार छलफल गर्दै जाने भनिए पनि अर्को बैठकको मिति निश्चित गरिएको छैन ।
सर्वोच्च अदालतले फैसलाले अघिल्लो साता एमालेलाई ब्युँताइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालसहित दुई पक्षका नेताहरूको बैठक पहिलो पटक बसेको थियो ।
आजको बैठकमा एमालेका वरिष्ठ नेता झलनाथ खनाल भने अनुपस्थित थिए ।
धुम्बाराहीस्थित पार्टी मुख्यालयमा आयोजित भेटघाटपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता रघुजी पन्तले “एकअर्काका कुरा सुन्ने, बुझ्ने काम” भएको बताए ।
उनले भने, “हामीले आफ्ना अडान राख्यौँ ।” आफूहरूले २८ गतेको निणर्य नमान्ने अडान राखेको उनले बताए ।
नेता रावलले २८ गते ओली पक्षले गरेको केन्द्रीय सदस्य थप र पदाधिकारी खारेजीसहितका निणर्य नउल्टाइएसम्म आफ्नो पक्षका गतिविधि जारी रहने बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि