२ जेष्ठ २०८१, बुधबार / Wed May 15, 2024

‘सरकारको निन्दनीय कदम : अक्सिजनका लागि स्वास्थ्य मन्त्रालयको सिफारिस अनिवार्य’


काठमाडौं । सरकारी, सामुदायीक तथा निजी अस्पताल अक्सिजन चरम अभाव भइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको बिक्रीबितरणलाई पूणर्रुपमा आफ्नो नियन्त्रणमा लिएको छ ।
स्वास्थ्य मन्त्रालयको विवादस्पद निणर्यले कोभिड-१९ का सर्वसाधारण बिरामीको जीवन थप संकटमा पार्ने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस बिना सबै किसिमका अस्पतालहरुलाई अक्सिजन बिक्रीबितरण नगर्न अक्सिजन कम्पनीहरुलाई अनुरोध गरेको हो ।
स्वास्थ्य मन्त्रालयसँग सिफारिस लिने पहुँच सर्वसाधारण जनतामा हुन सक्दैन ।
आफ्नो अनुरोध कार्यान्वयन नगर्ने कम्पनीलाई कारवाहीको दायरामा ल्याउने मन्त्रालयले चेतावनी समेत दिइसकेको छ ।
मन्त्रालयको यो निणर्यसँगै अचानक अक्सिजन कम्पनीले अब अक्सिजन आपूर्ति गर्न नसक्ने जानकारी केही अस्पतालहरुलाई समेत गराइसकेका छन् ।
सरकारको यो निणर्यसँगै अब अक्सिजनको पहुँचमा सत्तारुढ दलका आसेपासे मात्र हुने विश्लेषकहरुले बताएका छन् ।
अब अक्सिजन कम्पनीले अस्पतालहरुलाई अक्सिजन बिक्रीबितरण गर्नुपूर्व स्वास्थ्य मन्त्रालयमा पुगेर सिफारिस लिनुपर्नेछ ।
स्वास्थ्य मन्त्रालयले कान्तिपुर अक्सिजन, सगरमाथा अक्सिजन, अक्सिटेक, ज्योती अक्सिजन, हाम्रो अक्सिजन, सोपान फर्मास्यूटिकल्स, हिमाल अक्सिजन, सिता अक्सिजन, शंकर अक्सिजन र सबै अक्सिजन ग्यासका नाममा पत्र काटेको छ ।

सरकारले कोभिड-१९ का बिरामी असामान्यरुपमा बढेपछि सरकारी, सामुदायीक र निजी सबै अस्पतालले उनीहरुको उपचार गर्न निर्देशन दिएको थियो, केही दिन अघि मात्रै । तर अक्सिजनको व्यवस्थापनमा असफल भएपछि अक्सिजन कम्पनीलाई नै नियन्त्रणमा लिने कठोर निणर्य लिएको छ ।
मन्त्रालयले दिने सिफारिसमा राजनीतिक प्रभाव पनि पर्ने देखिन्छ। र, २४ सै घण्टा उसले सिफारिसको सेवा पनि दिने सम्भावना छैन ।
एकातिर सरकारले सबै अस्पताललाई कोभिड-१९ को उपचार गर भनेर निर्देशन दिएको छ भने अर्कोतिर अक्सिजन बिक्रीबितरण आफ्नो नियन्त्रणमा लिएको छ, यो गलत निणर्य तत्काल फिर्ता हुनुपर्ने स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि