६ जेष्ठ २०८१, आइतबार / Sun May 19, 2024

‘भारतीय भेरियन्टको कोरोना भयानक, डब्ल्यूएचओद्वारा विश्वस्तरमा चेतावनी जारी’


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा पाइएको कोरोना भाइरसको नयाँ भेरियन्ट अधिक संक्रामक रहेको भन्दै विश्वस्तरमा चेतावनी जारी गरेको छ ।
भारतमा द्य.ज्ञ.टज्ञठ भेरियन्ट फैलिएको छ । डब्ल्यूएचओको कोभिड १९ प्रमुख मारिया वेन केरखोवका अनुसार यो भेरियन्ट अधिक संक्रामक छ र भ्याक्सिनलाई पनि यसले बढी असर पुर्याउँछ ।
डब्ल्यूएचओले भनेको छ द्य.ज्ञ.टज्ञठ भेरियन्टको वंशावलीको डिसेम्बरको अन्तिममा भारतमा पहिलो पटक पत्ता लागेको थियो जबकि यसको एक सुरुवाती रुप अक्टुबर २०२० मा पाइएको थियो । यो भेरियन्ट धेरै देशहरुमा फैलिसकेको छ । संक्रामक नयाँ भेरियन्टलाई रोक्ने उद्देश्यले धेरै देशहरुले भारतबाट हुने उडान रोकिसकेका छन् ।
भारत अहिले कोरोना संक्रमणबाट अति नै प्रभावित छ । नयाँ संक्रमित विरामीहरुको संख्या र मृत्युदर बढिरहेको छ । यी बिरामीहरुलाई धेरै नै अक्सिजन चाहिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । बिरामीहरुको संख्या बढेपछि अस्पतालमा बेड र अक्सिजन अभाव भएको छ ।
यसैबीच डब्ल्यूएचओले कोरोनाका कारण संकटमा परेको भारतका लागि ‘टुगेदर फर इन्डिया’ अभियान शुरु गर्ने घोषणा गरेको छ । यो अभियानको उद्देश्य भारतमा अक्सिजन, औषधि, स्वास्थ्यकर्मीका लागि सुरक्षाका सामग्री खरिद गर्नका लागि आवश्यक कोष जम्मा गर्नु हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि