१ जेष्ठ २०८१, मंगलबार / Tue May 14, 2024

‘अस्पतालमा छैन बेड र अक्सिजन ! धमाधम मर्न थाले कोरोना संक्रमित’


काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा बेड भरिएपछि कुर्सी र बेन्चमा राखेर उपचार गरिरहेका छन् ।
अस्पताल परिसरमा कोही कुर्सी र बेन्च कतिबेला खाली हुन्छ र आफ्ना बिरामीलाई राखौंला भनेर ढुकिरहेका प्रष्टै देख्न सकिन्छ ।
राजधानी लगायत आसपासका अस्पतालले बेड र अक्सिजनको अभावका कारण नयाँ बिरामीलाई भर्ना लिन मानेका छैनन् भने अक्सिजन अभावका कारण बिरामी डिस्चार्ज गर्न आग्रह समेत गरिरहेका छन् ।
त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज, धुलिखेल अस्पताल, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल लगायत अन्य अस्पतालले समेत अक्सिजन सकिएका कारण संक्रमित बिरामी डिस्चार्ज गर्न भनिसकेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले गत दश दिनदेखि बेड भरिएका कारण संक्रमितलाई बाहिरै उपचार गर्न थालिसकेको छ । लगातार धेरै संक्रमित भर्ना गर्न भनेर दैनिक अस्पतालमा मानिस आउने गरेको पाइएको छ । तर अस्पताललाई भने संक्रमितको व्यवस्थापन गर्न हम्मेहम्मे परेको अस्पताल प्रशासनले बताएको छ ।
कुर्सी र बेन्चमै उपचार भइरहेका संक्रमित सबै सामान्य अवस्थाका नभएको बताइएको छ । अस्पतालमा रहेको २६ वटा आइसियू सबै भरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि