१ जेष्ठ २०८१, मंगलबार / Tue May 14, 2024

‘नेपालमा कोरोना भाइरस सङ्क्रमणमा घट्दै निको हुने दर, बढ्दै मृतक’


काठमाडौं । नेपालमा विगत १५ दिनयता अर्थात् वैशाख १३ गतेदेखि २७ गतेसम्म दैनिक सङ्क्रमित हुने व्यक्तिहरूको प्रतिशत वैशाख २७ गते सोमवार सबैभन्दा बढी पाइएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
मन्त्रालयका अनुसार पीसीआर र एन्टिजन विधिबाट कुल १८,४११ जनाको परीक्षण गर्दा ९,२७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
यसको अर्थ परीक्षण गरिएका प्रत्येक दुईमध्ये एक जनालाई कोरोनाभाइरस सङ्क्रमण भएको पाइयो ।
कोरोनाभाइरस महामारी शुरू भएयताकै सबैभन्दा धेरै १३९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सोमवार पुष्टि गरेको थियो ।
तर मङ्गलवार त्यसभन्दा पनि धेरै अर्थात् हालसम्मकै सर्वाधिक २२५ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको पुष्टि गरिएको मन्त्रालयले जनाएको छ ।
पछिल्ला केही दिनयता दैनिक सङ्क्रमित हुने व्यक्तिहरूको औसत सङ्ख्या आठ हजारभन्दा बढी हुने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि