६ जेष्ठ २०८१, आइतबार / Sun May 19, 2024

कोरोना बिरामीका लागि घातक छ ‘ब्ल्याक फंगस’ संक्रमण (लक्षण र बच्ने तरिकासहित)


मुम्बईमा बस्ने आँखाका सर्जन डाक्टर अक्षय नायर शनिबार बिहान २५ वर्षकी महिलाको शल्यक्रिया गर्न प्रतीक्षा गरिरहेका थिए ।
जुन महिलाको शल्यक्रिया गर्नुपर्ने थियो उनी तीन हप्ता अघि कोभिड-१९ संक्रमणबाट निको भइसकेकी छिन् र उनी मधुमेहद्वारा पीडित छिन् ।
यो शल्यक्रियामा डाक्टर अक्षय नायरसँग नाक, कान, घाँटी (इनटी) का विशेषज्ञ पनि संलग्न थिए ।
इएनटी डाक्टरले महिलाको नाकमा एउटा ट्युब राखे र म्यूकरमायकोसिस (ब्ल्याक फंगस) द्वारा संक्रमित तन्तुलाई हटाउन थाले । यो खतरनाक संक्रमण नाक, आँखा र कहिलेकाँही दिमागमा पनि फैलिने गर्छ ।
इएनटी डाक्टरको काम पूरा भएपछि डाक्टर नायरलाई बिरामीको आँखा निकाल्नका लागि तीन घण्टाको शल्यक्रिया गर्नुपर्‍यो ।
डाक्टरले भने, ‘महिलाको ज्यान बचाउनका लागि मैले उनको आँखा निकाल्नुपरेको हो । संक्रमण फैलनबाट रोकनका लागि यही एउटा तरिका हो ।’
भारतमा जहाँ कोरोनाभाइरसको दोस्रो लहर घातक भइरहेको छ भने कोभिड-१९ बाट निको भइसकेका मानिसहरुमा अर्को एउटा संक्रमण देखिएको छ ।
डाक्टरका अनुसार यस्ता थुप्रै बिरामी देखिएका छन् जसलाई ‘कालो फंगस’ को संक्रमण भएको छ । यो संक्रमणलाई म्यूकरमायकोसिस भनिन्छ र यसले कोरोनाभाइरसबाट निको भइरहेका र निको भइसकेका बिरामीलाई आफ्नो चपेटामा पारिरहेको छ ।

म्यूकरमायकोसिस के हो ?

म्यूकरमायकोसिस एउटा निकै दुर्लभ संक्रमण हो । यो म्यूकर फंगसका कारण हुन्छ जुन साधारणतया माटो, बोटबिरुवा, मल, कुहिएका फल र सागसब्जीमा पाइने गर्छ ।
डाक्टर नायर भन्छन्, ‘यो फंगस जताततै हुन्छ । माटोमा र हावामा । यहाँसम्म की स्वस्थ व्यक्तिको नाक र खकारमा पनि यो फंगस पाइन्छ ।’
यो फंगसले साइनस, दिमाग र फोक्सोलाई प्रभावित गर्छ र मधुमेहका बिरामी वा असाध्यै कमजोर रोग प्रतिरोधी क्षमता भएका मानिसहरु जस्तै क्यान्सर वा एचआइभी/एड्सका बिरामीमा यो घातक पनि हुनसक्छ ।
म्यूकरमायकोसिसमा मृत्युदर ५० प्रतिशतसम्म हुन्छ । डाक्टरका अनुसार कोभिड-१९ का गम्भीर बिरामीलाई बचाउनका लागि स्टेरोइड्सको प्रयोगबाट यो संक्रमण सुरु भइरहेको छ ।
स्टेरोइड्सको प्रयोगले कोभिड-१९ मा फोक्सो सुन्निन कम गर्न सकिन्छ र जब शरीरको रोग प्रतिरोधी प्रणाली (इम्यून सिस्टम) कोरोनाभाइरससँग लड्नका लागि अति सक्रिय हुन्छ तब त्यतिबेला शरीरलाई कुनै हानी हुनबाट रोक्न मद्दत गर्छ ।
तर यसले प्रतिरोधी क्षमता कम गर्छ र मधुमेह वा मधुमेह नभएका बिरामीमा सुगरको स्तर बढाउने गर्छ । यस्तोमा प्रतिरोधी क्षमता कमजोर हुने भएकोले म्यूकरमायकोसिस संक्रमण भइरहेको मानिएको छ ।
डाक्टर नायर भन्छन्, ‘मधुमेहले शरीरको रोग प्रतिरोधी तन्त्रलाई कमजोर गर्छ । कोरोना भाइरसले यसलाई तीब्र रुपमा काम गर्नका लागि बाध्य पारिदिन्छ र त्यतिबेला कोभिड-१९ को उपचारमा मद्दत गर्ने स्टेरोइड्सले आगोमा घ्यू थपिदिने काम गर्छ । ’

बढ्यो बिरामीको संख्याः

मुम्बईका तीन अस्पतालमा काम गर्ने डाक्टर नायरले आफूले अप्रिलमा म्यूकरमायकोसिसका ४० बिरामी देखिसकेको बताए । उनका अनुसार तीमध्ये धेरैलाई मधुमेह थियो र उनीहरु घरमा नै बसेर कोभिड-१९ बाट निको भएका थिए । यीमध्ये ११ बिरामीको ज्यान बचाउनका लागि उनले उनीहरुको एउटा आँखा निकाल्नुपर्छ ।
डिसेम्बर र फेब्रुअरीबीच उनका ६ सहकर्मीले पाँच शहर मुम्बई, बैंगलोर, हैदराबाद, दिल्ली र पुणेमा यस्तो ५८ मामिला देखेका छन् । धेरैजसो बिरामीमा कोभिड-१९ बाट निको भएको १२ देखि १५ दिनपछि म्यूकरमायकोसिस संक्रमण सुरु भयो ।
मुम्बईको सायन अस्पतालमा इएनटी विभागकी प्रमुख डाकटर रेणुका बरादू भन्छिन्, ‘अस्पतालमा पछिल्लो दुई महिनामा म्यूकरमायकोसिसका २४ मामिला आएका छन् जबकी हरेक वर्ष यस्तो औसतमा ६ मामिला आउँथे ।’
यीमध्ये ११ बिरामीले आफ्नो एउटा आँखा गुमाउनु पर्‍यो र ६ बिरामीको ज्यान गयो । यीमध्ये धेरैजसो मध्यम आयु वर्गका थिए र मधुमेहका बिरामी थिए । उनीहरुलाई कोभिड-१९ बाट निको भएको दुई हप्तापछि म्यूकरमायकोसिस भएको थियो ।
डाक्टर रेणुका भन्छिन्, ‘हामीले हरेक हप्ता म्यूकरमायकोसिसका दुई वा तीन मामिला भेटिरहेका छौं । यो महामारी बीचको एउटा नराम्रो सपना जस्तो हो ।’
यस्तै, दक्षिण भारतीय शहर बेंगलुरुमा आँखाका डाक्टर रघुराज हेगडे पनि यस्तै कहानी बताउँछन् । उनले पनि अघिल्लो दुई हप्तामा म्यूकरमायकोसिसका १९ मामिला देखिसकेका छन् । यीमध्ये धेरैजसो बिरामी नौजवान छन् ।
डाक्टर भन्छन्, ‘केही त यति बिरामी थिए कि उनीहरुको शल्यक्रिया पनि गर्न सकिने अवस्था थिएन ।’
डाक्टरका अनुसार उनीहरु कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा यो फंगल इन्फेक्सनको गम्भीरता र मामिला देखेर हैरान छन् ।
यस्तै, डाक्टर हेगडेसँग पछिल्लो एक दशकमा हरेक वर्ष म्यूकरमायकोसिसको एक वा दुईजना बिरामीभन्दा बढी भेटिएका छैनन् ।

म्यूकरमायकोसिसका लक्षणः

म्यूकरमायकोसिसमा यस्ता लक्षण देखिन्छ – नाक बन्द हुनु, नाकबाट रगत वा कालो तरल पदार्थ निस्कनु, आँखा सुन्निनु र दुख्नु, परेला झर्नु, धमिलो देखिनु र आखिरमा अन्धो । बिरामीको नाक वरिपरि कालो धब्बा पनि हुनसक्छ ।
डाक्टरका अनुसार धेरैजसो बिरामी उनीहरु भएठाउँ धेरै ढिला आउँछन्, त्यतिबे

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि