१ जेष्ठ २०८१, मंगलबार / Tue May 14, 2024

‘कोभिडको भियतनामी भेरिएन्ट हावाबाट पनि सर्न सक्ने अझ खतरनाक भाइरस’


हनोई । भियतनाममा नयाँ प्रजातिको कोरोनाभाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गरी आइतबार समाचार सम्प्रेषण गरेको छ ।
भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोनाभाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दाबी गरिएको छ । यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्न सक्ने अझ खतरनाक भाइरस भएको भियतनामी स्वास्थ्य अधिकारीले बताएका छन् ।
भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाइरस हावाबाट निकै छिटो सर्न सक्ने खालको रहेको बताए । नयाँ भेरिएन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन ।
सन् २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलोपटक पत्ता लागेको कोरोनाभाइरस सुरु भएयता हजारौँपटक यो भाइरस परिवर्तन भई कहीँ कमजोर त कहीँ थप खतरनाक रूप लिएको छ ।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि