५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

‘भारतमा नयाँ कोरोना संक्रमित संख्या घट्दै’


काठमाडौं । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमित हुनेको संख्या कम हुँदै डेढ लाखको हाराहारीमा आएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ७३४ जना नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा कोभिड-१९ बाट तीन हजार १२८ जनाको ज्यान गएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार संक्रमितको संख्या कम हुँदै गए पनि मृत्यु हुनेको संख्या भने लगभग स्थिर जस्तै छ ।
अहिले भारतमा २० लाख २६ हजार भन्दा धेरै संक्रिय संक्रमित छन् । कुल संक्रमितको संख्या दुई करोड ८० लाख तथा कोभिड-१९ बाट मृत्यु हुनेको कुल संख्या तीन लाख २९ हजार भन्दा धेरै पुगेको छ ।
भारतमा अहिलेसम्म २१ करोड ३१ लाख भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि