२० बैशाख २०८१, बिहिबार / Thu May 2, 2024

चौधरी ग्रुपको बियर उद्योगमा भीषण आगलागी


नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका-२ दुम्कौलीस्थित चौधरी उद्योगमा आगलागी भएको छ ।
उद्योगपति विनोद चौधरीको ‘चौधरी उद्योग ग्राम’ परिसरमा रहेको नेपाल आइस बु्रअरीको बियर प्लाण्ट र गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ ।
बिहान ९ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन पूर्वी नवलपरासी, चितवन र नेपाली सेनाका गरी ६ वटा दमकलले प्रयास गरिरहेका छन् । आगो निभाउन सबै सुरक्षा निकायका सुरक्षाकर्मीसहित स्थानीयहरु पनि खटिएको प्रहरी उपरीक्षक मल्ले बताए ।
गोदामको ठूलो भवनलाई भत्काएर आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउन प्रयास भइरहेकाले क्षतिको विवरण आउन नसके प्रहरीले जनाएको छ । गोदामभित्र रहेका सबै बियर नष्ट भएकाले करोडौंको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागी विद्युत सर्टका कारण भएको बताइएको छ ।
आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि