१ जेष्ठ २०८१, मंगलबार / Tue May 14, 2024

‘महाकाली तुइन प्रकरण : नेपालले नक्सा अद्यावधिक गरेको बदलामा एसएसबीले काट्यो तुइन’


Photo: Media Club File

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले डोरी काटेपछि व्याँस गाउँपालिकामा तुइन तर्दै गरेका एक नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको दाबीबारे अनुसन्धान गर्न दार्चुला जिल्लाका उच्च सुरक्षा अधिकारीहरूको एउटा टोली घटनास्थलतिर गएको छ ।
प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई घटनाबारे छानबिन गर्न निर्देशन दिएका छन् ।
उक्त घटनाबारे सत्यतथ्य पत्ता लगाउन खटाइएको टोलीले घटनास्थल पुगेर वास्तविकता पत्ता लगाउने बताइएको छ ।
हाल व्याँस गाउँपालिकाको खाङ्दाङ मालघाटतर्फ गइरहेको टोलीमा पाँच सदस्य छन् । त्यसको नेतृत्व जिल्लास्थित सशस्त्र प्रहरी बलका डीएसपी वीरसिंह धामीले गरेका छन्।
टोलीमा दार्चुलास्थित नेपाल प्रहरीका निमित्त प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका एक प्रतिनिधि पनि छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले व्याँस गाउँपालिकामा शुक्रवार घटेको उक्त घटनाबारे अनुसन्धान गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएको भोलिपल्ट सुरक्षाकर्मीको उक्त टोली घटनास्थलतर्फ परिचालित भएको हो ।
महाकाली नदीमा खसेका भनिएका जयसिंह धामी अझै बेपत्ता रहेको अधिकारीहरू बताउँछन् ।
वैदेशिक रोजगारीको अवसर खोज्दै काठमाण्डू जानका हिँडेका उनले जिल्ला सदरमुकाम खलङ्गा पुग्न भारतीय बाटो प्रयोग गर्न खोजेको विवरण विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको छ ।
व्याँस गाउँपालिका वडा नम्बर २ मालघाटबाट तुइन तरेर भारतको पिथौराकोट जिल्लामा पर्ने पाँगला पुगिन्छ । त्यहाँबाट यातायातका साधन चढेर भारतको धार्चुला हुँदै नेपालको दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा झन्डै दुई घण्टामा पुग्न सकिने बताइन्छ ।
धामीको खोजी गर्न सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी घटनास्थलमा शुक्रवारबाटै परिचालित थिए ।
तर शनिवार बिहानै सत्यतथ्य बुझ्न सशस्त्र प्रहरी बलका डीएसपीको नेतृत्वमा घटनास्थलमा टोली पठाइएको हो ।
प्रधानमन्त्रीकै दलले यो घटनाका बारेमा सरकारले भारतसँग कुरा गर्नुपर्ने बताएको छ
उक्त टोलीले घटनास्थलमा जाने क्रममा जयसिंह धामीभन्दा अगाडि सो तुइन पार गरेका चार व्यक्तिहरूलाई भेटेको जनाएको छ ।

एसएसबीबारे के भन्छन् प्रत्यक्षदर्शी ?

निमित्त प्रहरी प्रमुखले आफूहरूले उनीहरूलाई यातायत खर्च दिएर राष्ट्रिय अनुसन्धान विभागका एक प्रतिनिधिसहित पुनः सदरमुकाम पठाइदिएको बताए ।
जिल्ला सुरक्षा समन्वय समितिलाई थप सोधपुछ गर्न र अनुसन्धान गर्न सजिलो होस् भनेर प्रत्यक्षदर्शीहरूलाई सदरमुकाम पठाइएको उनको भनाइ छ।
पूर्वप्रधानमन्त्री केपी ओलीको सरकारले दुई वर्षभित्र तुइन विस्थापित गर्ने घोषणा गरे पनि नेपाल-भारत सीमा नदीका रूपमा रहेको महाकाली नदीका दुर्गम ठाउँमा अझै पनि तुइन यातायातको प्रमुख विकल्प मानिन्छ ।
नेपालले गत वर्ष लिम्पियाधुरा र लिपुलेक र कालापानी क्षेत्रलाई समेट्नेगरी नक्सा अद्यावधिक गरेको थियो ।
जिल्ला प्रशासन कार्यलय दार्चुलाले घटनाको सम्बन्धमा वास्तविक सत्यतथ्य जानकारी गराई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरेको जनाएको छ ।
तर उनले भारतीय सुरक्षाकर्मीबाट तार काटिएकै कारण जयसिंह धामी महाकाली नदीमा खसेको भन्ने प्रत्यक्षदर्शी कोही पनि नभएको उल्लेख गरेकी छन् ।
तर शुक्रवार उक्त घटनापछि दार्चुलाका सशस्त्र प्रहरी बलका प्रमुखले भारतको एसएसबीका आफ्ना समकक्षीसँग कुरा गरेको विवरण आएका छन् ।
त्यसमा एसएसबीले उक्त घटनाको अनुसन्धानका लागि समिति गठन गरेको जानकारी दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि