४ जेष्ठ २०८१, शुक्रबार / Fri May 17, 2024

अफगानिस्तानमा सरकार गठनको तयारी गर्दै तालिबान, काबुल विमानस्थलमा ‘अनियन्त्रित भिड’


काठमाडौं । तालिबानका एक प्रवक्ताले अफगानिस्तानमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी थालिएको बताएका छन् ।
देशका अधिकांश भागमा नियन्त्रण कायम गरेपछि तालिबान लडाकुहरू आइतवार राजधानी काबुल प्रवेश गरेका थिए ।
उनीहरूले सोही दिन राष्ट्रपति भवनलाई पनि आफ्नो नियन्त्रणमा लिएका थिए ।
अफगान राष्ट्रपति अशरफ गनी तथा अन्य केही वरिष्ठ अधिकारीहरू देश छोडेर अन्यत्र पलायन भएपछि त्यहाँ शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्न वार्ता गरिएको थियो।
तालिबान झन्डै २० वर्षपछि सत्तामा फर्किन लागेको हो । सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा आक्रमण गरेर तालिबान सत्ताच्युत भएको थियो ।
अहिले पुनः सत्तानजिक पुगेको बेला उक्त लडाकु समूहले आफूलाई उदार देखाउने प्रयास गरिरहेको छ ।
तालिबान नेतृत्वले अफगान नागरिकहरूलाई केही नगर्न फेरि आफ्ना लडाकुहरूलाई निर्देशन दिएको छ । काबुल नियन्त्रणमा लिइसकेपछि तालिबानले एउटा भिडिओ सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि