१ जेष्ठ २०८१, मंगलबार / Tue May 14, 2024

जगन्नाथ गिरीको पहलमा धुलिखेल नगरमा सौर्य सडक बत्ती जडान


२०७२ असार २८ गते धुलिखेल नगरपालिका वडा नं. ४, वडा भवन बखुन्डोलमा वडा नागरिक मञ्चका संयोजक रविन्द्र कर्माचार्यको अध्यक्षतामा बसेको बैठकले ‘सौर्य सडक सोलार बत्ति’ सम्बन्धमा छलफल, विचार-विमर्श गरी वडा नागरिक मञ्चका सदस्य जगन्नाथ गिरीलाई जिम्मा दिने निणर्य भएको थियो । धुलिखेल नगरपालिका, संघ संस्थामार्फत नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नगरपालिका योजना तथा व्यवस्थापन शाखा) मा समेत पहलकदमी गर्ने सम्मूणर् जिम्मा पनि जगन्नाथ गिरीलाई नै दिइएको थियो ।

मन्त्रालयबाट जारी गरिएको सूचना :

नेपाल सरकार (मन्त्री परिषद्) को मिति २०७२/१०/८ को बैठकबाट जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम सञ्चालन, २०७२ स्विकृत भएको छ । उक्त कार्यविधि मन्त्रालयको www.mofald.gov.np मा राखिसकिएको छ । सो कार्यविधिमा व्यवस्था भए बमोजिम नगरपालिका क्षेत्रभित्रका उपभोक्ता समितिहरु, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था र सार्वजनिक निकायले तोकिएको लागत सहभागितामा सौर्य सडक बत्ति कार्यक्रम सञ्चालनका लागि संलग्न फारामहरुको ढाँचा बमोजिम फागुन १ गतेदेखि फागुन मसान्तसम्मको अवधीभित्र प्रस्ताव माग गरी चैत्र ७ गतेभित्र आयोजना लगानी विवरण फाराम र सम्भाव्यता अध्ययन फारामसहित यस मन्त्रालयको नगरपालिका योजना तथा व्यवस्था शाखा ख मा आइपुग्ने गरी पठाउनु हुन र सार्वजनिक नीजि साझेदारीमार्फत सौर्य सडक बत्ती कार्यक्रम सञ्चालन सम्बन्धमा कार्यविधिको दफा ८ मा उल्लेखित प्रक्रिया पूरा गरी प्रतिस्पर्धाका माध्यमबाट नगरपालिकालाई अधिकतम रोयल्टी र विज्ञापन कर प्राप्त गर्ने तथा नगरपालिकालाई कुनै थप आर्थिक दायित्व नपर्ने गरी कार्यान्वयन गर्नु गराउनु हुन अनुरोध गरिन्छ । साथै ड्रइङ, डिजाइन, स्पेशिफिकेशन, लागत अनुमान तयार गर्ने लगायतका अन्य प्राविधिक पक्षमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट प्राविधिक सहयोग उपलब्ध हुने व्यहोरासमेत अनुरोध गरिन्छ ।

धुलिखेल नगरपालिका बजेट अधिवेशनमा सौर्य सडक बत्तीको विषय :

धुलिखेल नगरपालिकामा आर्थिक तथा सामाजिक विकासका असंख्य सम्भावनाहरु बोकेको यस धुलिखेल नगरपालिकाको विकासको यात्रा वि.सं. २०४३ मा स्थापना भई आज २८ औँ वर्षको दौरानमा छ । राजधानी देखि ३० किलोमिटर पूर्वमा रहेको यस नगरपालिकाले तर्जुमा गरिदिएको दीर्घकालीन लक्ष्य र क्षेत्रगत गुरुयोजनासहितको आवधिक योजनाले परिकल्पना गरेको ‘समृद्ध धुलिखेलका लागि पर्यटकीय विकास, शिक्षा, स्वास्थ्य, व्यापार, आवास’ जस्ता नाराका साथ अगाडि बढिरहेको यस नगरपालिकाको २७ औँ नगर परिषद् समक्ष आ.व. २०७२/०७३ को लागि तर्जुमा गरिएको नीति, कार्यक्रम तथा बजेटको प्रस्तुत गर्न पाउँदा म लगायत सिंगो धुलिखेल नगरपालिकालाई गौरव महसुस भईरहेको छ ।
जनताले आफ्ना आवश्यकतालाई सम्बोधन गर्ने योजनाहरु आफ्नै सहभागितामा छनौट गर्न सकुन भन्ने सहभागितामुलक योजना तर्जुमा प्रक्रियाको अवधारणा अनुरुप सबै वडाबासीहरुको व्यापक सहभागिता र वडा नागरिक मञ्चको पूणर् सक्रियतामा वडास्तरीय योजना तर्जुमा तथा विषयगत योजना तर्जुमा बैठक एवं एकिकृत योजना तर्जुमा समितिको बैठक राजश्वपरामर्श समितिको बैठक विभिन्न सरोकारवालाहरुसँग अन्र्तक्रिया, छलफल र समन्वय गरी नगरपालिकाका वडा बैठकमा छलफल गरी तयार पारिएको आगामी आर्थिक वर्ष २०७२/०७३ को वार्षिक नगर विकास योजनाको प्रस्ताविक नीति तथा कार्यक्रम र बजेटको विवरणसहित यहाँहरु सामु उपस्थित भएको छु ।
स्थानीय निकायहरु सरकारका विषयगत कार्यालय मात्र नभएर जनताको सबैभन्दा नजिकको सरकार नि हुन् । स्थानीय सरकारको रुपमा जनताका प्रत्यक्ष सरोकारका सम्पूणर् पक्षहरुको सम्बोधन गर्नुपर्ने यस्ता महत्वपूणर् निकायहरुमा लामो समयसम्म जनप्रतिनीधिविहिन रहनु आफैमा ठुलो बिडम्बनाको रुपमा रहेको छ । निर्वाचित जनप्रतिनीधि विहिनताको जटिल एवं विषम् परिस्थितिमा पनि सर्वदलीय प्रतिनीधिहरुसँगको समन्वयमा सिमित श्रोत साधनको अधिकतम परिचालन गरी बढ्दो शहरीकरणको व्यवस्थापन तथा जनतालाई आधारभुत शहरी सेवासुविधा उपलब्ध गराउने काममा कुनै किसिमको कमी कमजोरी हुन नदिन सिंगो नगरपालिका परिवार जिम्मेवार भई निरन्तर प्रयासरत रहेको कुरा यहाँहरु सबैमा अनुरोध गर्न चाहान्छु । साथै वर्तमान परिस्थितिमा समुदायमा आधारित वडा नागरिक मञ्च, टोल विकास संस्थाहरु, नागरिक समाज, नागरिक सचेतना केन्द्र, पेशागत संघसंगठन लगायत अन्य संघसंस्थाहरुले नगरपालिका र नगरबासीहरुबिच एउटा विश्वासिलो सेतुको रुपमा काम गरिरहेको छ । निर्वाचित जनप्रतिनीधिहरुको व्यवस्था हुन नसकेता पनि जनमुखी एवं जिम्मेवार राजनैतिक दलहरुको सहमति, समन्वय र सहयोगमा धुलिखेल नगरपालिका आफ्नो घोषित लक्ष्य प्राप्तिमा लागिरहेको छ ।

सौर्य सडकबत्तीमा महानगरको जोड

काठमाडौं महानगरपालिकाले ‘जनसहभागितामा आधारित सौर्य सडकबत्ती कार्यक्रम’ मा सहभागी जनाउन अनुरोध गरेको छ । सरकारले कार्यविधि तयार पारेपछि स्थानीय निकायलाई कार्यान्वयनको निर्देशनपछि महानगरले आह्वान गरेको हो । महानगरले आइतबार सूचना जारी गरी सडकमा सौर्यबत्ती राख्न नागरिक सचेतना केन्द्र, टोल विकास संस्था, उपभोक्ता समिति, विद्यालय, अस्पताल, विश्वविद्यालय, सरकारी कार्यालय, सुरक्षा निकायजस्ता सार्वजनिक संस्था तथा नीजि क्षेत्रलाई आह्वान गरेको हो । यस्ता निकायहरुको क्षेत्रमा सौर्य सडक बत्ती राख्न फागुन मसान्तसम्म आवेदन दिन सूचना प्रकाशित गरिएको महानगरले जनाएको छ । सरकारको ६० प्रतिशत, महानगरको २५ प्रतिशत र उपभोक्ताको १५ प्रतिशत लागत सहभागिता हुने सूचनामा उल्लेख छ । साथै संस्थागत रुपमा कार्यक्रम गर्दा सरकारको ७० प्रतिशत र संस्थागत ३० प्रतिशत सहभागिता रहने कार्यविधिमा उल्लेख छ । माघ १० गते नै मन्त्रीपरिषद् बैठकले ‘जनसहभागितामा आधारित सौर्य सडकबत्ती कार्यक्रम सञ्चालन कार्यविधि २०७२’ स्विकृत गरिसकेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालका सम्पूणर् नगरपालिकालाई कार्यक्रम सञ्चालन गर्न माघ २८ गते निर्देशन दिइसकेको छ । मन्त्रालयले फागुन महिनाभित्र प्रस्ताव मागेर चैत ७ गतेभित्र कार्यक्रम लगानी फारम र सम्भाव्यता अध्ययन फारम महानगरमा पेश गर्न नगरपालिकालाई अनुरोध गरिसकेको छ । मन्त्रालयले पहिलो चरणमा चालु आर्थिक वर्षमा देशभरका ७ सय १० किलोमिटर सडकमा सौर्य बत्ती जडान गर्ने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि