७ जेष्ठ २०८१, सोमबार / Mon May 20, 2024

धुलिखेल नगरपालिका वडा नं. ४ को विकास गर्न के गर्ने ?


जगन्नाथ गिरी

धुलिखेल नगरपालिका वडा नं. ४ को विकास गर्न अब यस्ता कामहरु गर्नुपर्छ :

१) धुलिखेल नगरपालिका/वडाका सबै क्षेत्रमा समानुपतिक रुपबाट खानेपानी वितरण गरिएको छैन । यसप्रति गम्भीर हुनुपर्छ ।
२) सामुदायिक विद्यालयका शिक्षकहरुको गुणस्तर वृद्धि गर्न काठमाडौं विश्वविद्यालयसँग समन्वय राखेर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्छ ।
३) नगरपालिका/वडा क्षेत्र भित्रका पुरातात्विक सम्पदाहरुका विषयमा सबैलाई जानकारी दिलाउन विज्ञहरुबाट अनुसन्धान गराउनुपर्छ ।
४) समाजशास्त्रीय अध्ययन गर्न धुलिखेल/वडा क्षेत्र आइपुगेका स्वदेशी अनुसन्धाताहरुलाई सहयोग पुग्ने पाठ्यसामग्री तयार पार्न काभ्रे जिल्ला विज्ञहरुलाई अनुरोध गर्नुपर्छ र त्यसको प्रकाशन गर्नुपर्छ ।
५) विदेशी पर्यटकहरुलाई केही दिन धुलिखेल/वडा क्षेत्रमै राख्ने वातावरण बनाउन यहाँका पर्यटकीय स्थलहरुको महत्व बुझाउने पुस्तकहरु विज्ञहरुबाट लेखाई प्रकाशन गर्नुपर्छ । यसका लागि होटल एसोसिएसन, ट्राभल एजेन्ट एसोसिएसन र प्रकाशन संस्थाहरुसँग समन्वय राख्नुपर्छ ।
६) यहाँ पाइने सुविधा, यहाँको मौलिकता, यहाँको इतिहास, यहाँको संस्कृति र यहाँको धार्मिक महत्वका विषयमा जानकारी दिन सक्ने जनशक्तिको अभाव छ । यस जिल्लाका बौद्धिक व्यक्तिहरुलाई अनुरोध गरी त्यस्तो जनशक्ति तयार पार्नुपर्छ ।
७) धुलिखेल नगर/वडा क्षेत्रभित्र कुनकुन विधामा कस्ता कस्ता जनशक्ति उपलब्ध छन्, यहाँबाट बाहिर गई सेवा गरेका कति छन्, तिनीहरुलाई धुलिखेल/वडा क्षेत्रको हितमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित विधाका व्यक्तिहरुबाट अभिलेख तयार पार्न लगाई त्यसको कार्यान्वयन गर्नुपर्छ ।
८) नमुना नगरपालिका कसरी बन्छ, धुलिखेल नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउने केके गर्नुपर्छ, वडा नं. ४ लाई नमुना वडा कसरी बनाउन सकिन्छ भन्ने विषयमा विज्ञहरुको टोली बनाएर त्यसबाट सुझाव संकलन गरी कार्यान्वयन गर्नुपर्छ ।
९) बन्न नसकेर अलपत्र परेको ड्रिमल्याण्ड प्रोजेक्ट लाई बिउँझाउनुपर्छ ।
१०) सडक सञ्जाललाई सुदृढ, समुन्नत र सुरक्षित बनाउनुपर्छ र खोलाको संरक्षण गर्दै फोहोरमैलाको समुचित व्यवस्थापन पनि गर्नुपर्छ ।
११) धुलिखेलमा भाषा-साहित्य र कला-संस्कृति क्षेत्रको सामुदायिक संस्थाको अभाव छ । त्यस्तो संस्था खडा गर्न नगरपालिका/वडाले सक्रियता देखाउनुपर्छ ।
१२) नगरपालिका/वडा क्षेत्रभित्रका बासिन्दाका लागि धुलिखेल अस्पतालमा स्वास्थ्य बिमा गराउने प्रबन्ध मिलाउन नगरपालिका/वडाले धुलिखेल अस्पतालसँग समन्वय गर्नुपर्छ ।
१३) यस क्षेत्रका वृद्धवृद्धा, अशक्त र असहायहरुका लागि विशेष केन्द्रको व्यवस्था गर्नुपर्छ ।
१४) जनचेतनामुलक सामग्रीहरुको प्रकाशन र वितरण गर्नुपर्छ ।
१५) यहाँका प्राकृतिक सम्पदाहरुको सुरक्षा गरी तिनीहरुको पर्याप्त उपयोग गर्नुपर्छ र रोजगारीको सिर्जना र अभिवृद्धि पनि गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि