२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

किन गरिन बोलिभियाकी पूर्वराष्ट्रपति अनेजले ‘आत्महत्या प्रयास’


बोलिभियाकी पूर्वराष्ट्रपति जियानाइन अनेजले आत्महत्या प्रयास गरेकी छिन् । उनले जेलमै आत्महत्या प्रयास गरेकी हुन् ।
आत्महत्या प्रयास गरेकी अनेजको अवस्था स्थिर रहेको बताइएको छ । सन् २०१९ मा २२ जना विरोधीहरुको हत्या गरेको अभियोगमा अनेजलाई लामो समय जेलमा राख्न माग गरिएपछि धैर्यता गुमाएकी थिइन् ।
अनेजकी छोरी कारोलिना रिबेराले डिप्रेसनका कारण आत्महत्याको प्रयास गरेको बताएकी छिन् । जेलमै उनले आफ्नो नाडी काटेकी थिइन् ।
यो हो आत्महत्या गर्न खोज्नुको कारण ः
५४ वर्षीया अनेजमाथि पूर्वराष्ट्रपति इभो मोरालेजविरुद्ध कू गर्न खोजेको आरोप लगाइएको थियो । यही आरोपमा उनलाई सन् २०१९ मा सजाय तोकिएको थियो । सजाय ताकेपछि धैर्यता गुमाएकी अनेजले आत्महत्याको प्रयास गरेकी हुनसक्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि