४ जेष्ठ २०८१, शुक्रबार / Fri May 17, 2024

जलवायु परिवर्तन : चार वर्षदेखि पानी नपरेपछि ‘कीराफट्याङ्ग्रा खानुपर्ने बाध्यता’ (हेर्नुहोस)


म्याडग्यास्कर जलवायु परिवर्तनका कारण उत्पन्न संसारकै पहिलो भोकमरीको सँघारमा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रसङ्घका अनुसार चार वर्षदेखि वर्षा नभएकाले त्यहाँ हजारौँ मानिसहरू अहिले नै डरलाग्दो भोक र खाद्यान्न असुरक्षाबाट प्रभावित भएका छन् ।
राष्ट्रसङ्घका अनुसार पाँच वर्षमुनिका कम्तीमा पाँच लाख बालबालिका कुपोषणको सिकार हुने सम्भावना छ ।
यो चार दशकको सबैभन्दा नराम्रो सुक्खा हो । यसबाट देशको दक्षिणी भेगमा बस्ने खेतीपाती गर्ने समुदाय नराम्ररी प्रभावित भएका छन् । उनीहरू बाँच्नका लागि कीराफट्याङ्ग्रा खान बाध्य भएका छन् ।
अहिले ३० हजार मानिसले पाँचौँ तह अर्थात् सबैभन्दा नराम्रो तहको खाद्य असुरक्षा खेप्नुपरेको राष्ट्रसङ्घको आकलन छ । खेती सुरु गर्ने र बालीनाली भित्र्याउने बेलाबीचको अभाव हुने समय सुरु भएपछि म्याडग्यास्करमा प्रभावित मानिसको सङ्ख्या ह्वात्तै बढ्ने चिन्ता व्याप्त छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि