७ जेष्ठ २०८१, सोमबार / Mon May 20, 2024

तेह्रथुम पावर कम्पनीको शेयर ‘शुक्रबार बाँडफाँड हुने’


काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर शुक्रबार (२५ गते) बाडँफाँड हुने भएको छ । कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म तेह्रथुममा सञ्चालित ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि निष्कासन गरेको सेयर बाँडफाँड गर्न लागेको हो ।
कम्पनीको सेयर भर्न सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । बिक्री प्रबन्धकका अनुसार माग भन्दा ४१.७९ गुणा बढी आवेदन परेको थियो ।
गत १३ गते साँझ ५ बजेसम्म २३ लाख ९६ हजार ३ सय ४८ आवेदकले ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएको कम्पनीले जनाएको छ ।
आवेदकमध्ये ७४ हजार ४ सय सर्वसाधारणले १० कित्ता सेयर पाउने बिक्री प्रबन्धकले जनाएको छ । बाँकी २३ लाख २१ हजार बढी सर्वसाधारणको हात खाली हुनेछ ।
कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ता सेयरको लागि मात्रै सर्वसाधरणका लागि निष्कासन गरिएको थियो ।
कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानियको लागि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि