१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

विकासका खाका सहित राजनितिमा फर्किए मण्डनदेउपुरका ‘कश्यप पौडेल’


काभ्रे । पंञ्चायतकालदेखि नै बिपीलाई आर्दश मानेर नेपाली कांग्रेसको राजनितीमा सकृय कश्यपप्रसाद पौडेल पटक-पटक नेपाली कांग्रेसको वडा तहदेखि जिल्ला तह तथा विभागमा बसेर काम गर्नुभएको लामो अनुभव बोकेको इमान्दार कार्यकर्ता हुनुहुन्छ । नेपाली कांग्रेसलाई आवश्यकता परेको समयमा आफ्नो गाउँ टोल, जिल्लामा रहेर ठूलो योगदान दिनुभएको छ ।
तर उहाँ आफूले योगदान गर्ने कुरा भन्दा पनि आम कार्यकर्ताले गर्नुपर्ने धर्म निभाएको बताउनुहुन्छ ।
विपीको आर्दशलाई आत्मसाथ गरेर नेपाली कांग्रेसमा कृयाशिल भएको बताउने उहाँ राजधानी काठमाडौंमा स्थापित शैक्षिक उद्यमी समेत हुनुहुन्छ । शैक्षिक क्षेत्रमा चार दशकभन्दा धेरै निरन्तर लाग्नु भएको उहाँ प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा निरन्तर प्रयत्नशिल रहनु भएको छ । देशभरीका प्राविधिक शिक्षा विकासका धरोहर मण्डनदेउपुर नगरपालिका वडा नं ८ निवासी कश्यपप्रसाद पौडेलको चर्चा यतीबेला काभ्रेपलाञ्चोक जिल्ला भर छ । आफ्नो स्थानीय तहको विकासको खाका लिएर पौडेल स्थानीय तहमा फर्कनु भएको पौडेलको आगामी यात्रा पनि सफल होला भन्ने अपेक्षा गर्न सकिन्छ । पाका कार्यकर्ताहरु योजना लिएर आएकोमा पौडेललाई स्वागत गरिरहनु भएको छ । तरुण तथा विद्यार्थीहरुले समेत संरक्षण गर्न सक्ने नेता पाएकोमा औधि खुसी देखिएका छन् ।

उहाँ नेपाल काङ्ग्रेसको स्थानीय तहको महाधिवेशनबाट मण्डनदेउपुर नगरपालिकाको सभापतिमा विजयी हुनुभएको छ ।

पौडेल स्थानीय तहमा फर्किनुको कारण यसरी बताउनु हुन्छ :


म मण्डनदेउपुरमा जग बलियो बनाउन आएको हुँ । मैले जिल्ला प्रतिनिधी सभा तथा प्रदेशमा समेत दावि गर्न सक्दथे । तर मैले मेरो गाउँनै मेरो भुगोल नै बनाउन स्थानीय तहमा फर्केर आएको हो । मेरो स्थानीय तहलाई मजबुत बनाउने योजना बोकेर गाउँमा फर्किएको छु ।
त्यसैले हाम्रो जग बलियो बनाउन मैले उम्मेदबारी दिने योजना बनाएर मण्डनदेउपुर फर्किएको हँ्ु । म फर्किएको भन्दा पनि बलियो भुमिका मात्रै खोजेको हँु । मेरो भुमिकाले मेरो पार्टी बलियो, बनोस् मेरो भुगोल बलियो बन्दै मेरो समाज समृद्धिको यात्रामा अघि बढोस भन्ने चाहना हो । यहाँका साथीहरुको माग तथा उहाँहरुको मनोभाव अनुसारको विकास गराउन मण्डनदेउपुरमा फर्किएको हुँ । सबैको साथ र सहयोग हुन्छ भन्ने पूणर् आसा र विश्वास लिएको छु ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि