६ जेष्ठ २०८१, आइतबार / Sun May 19, 2024

लक्ष्मी महिला साकोसको रजत महोत्सव सम्पन्न, रजत वर्षभरी नै विविध कार्यक्रम गरिने


काभ्रे । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. को २५ औं गरिमामय बार्षिकोत्सव एवं रजत महोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष मैयाँ महतको सभापतित्वमा भएको कार्यक्रममा पनौती नगरपालिकाकी उपमेयर गीता बन्जाराको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिलला सहकारी संघ लि.का महिला उपाध्यक्ष कमला अधिकारी, काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का कार्यवाहक अध्यक्ष सागरनाथ कपाली, पनौती नगरपालिका वडा न ५ का वडा अध्यक्ष बिनोद खत्री र पनौती नगरपालिका सुब्बागाउँ स्वास्थ्य चौकी कार्यालय प्रमुख बिनोद कुइकेलको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुँदै संस्थाका उपाध्यक्ष श्री हिमाली श्रेष्ठले संस्थाका सुरुको दिन देखि आज सम्म गरेको हरेक गतिविधिलाई सारम्शमा सम्पुर्णमा जानकारी गराउनु भएको थियो । त्यस्तै संस्थाको इतिहासलाई सम्जदै यस संस्थाका प्रमुख सल्लाहकार श्री तिर्थ माया प्रधानले आफ्नो सहकारीको २५ औ बर्श तए गर्दा अत्यन्त खुशी हुँदै सम्पुर्ण संचालक सदस्य ,संचालक समिती लेखा समिती कर्मचारीहारी र सुभेछुक प्रती स्वागत एब धन्यवाद व्यक्त गर्नुहुँदै आगामी दिन निरन्तर साथ सहयोग एब अझ उतरोतर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा पनौती न.पा. वडा नं. ५ का वडाध्यक्ष विनोद खत्रीले संस्थाका हरेक क्रियाकलाप तारिफयोग्य तथा उदाहरणीय भएको बताउनुभयो । साथै संस्थाले समुदायमा आधारित रही समुदायलाई हित हुने खालका क्रियाकलाप गर्दै जाने कुरामा विश्वस्त रहेको बताउनुभयो ।


त्यसैगरी कार्यक्रममा उपस्थित अतिथिहरुले काभ्रे जिल्लामा महिलाहरुद्वारा सञ्चालित एक उदाहरणिय संस्था रहेको बताउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी गिता बन्जारा संस्था २५ आंै गरिमामय वार्षिकोत्सव एवं रजत महोत्सवको उपलक्ष्यमा शुभकामना दिनुहुँदै नगरका सम्पुर्ण दिदिबहिनीहरुलाई गोलबद्ध गर्न र महिलाद्वारा संचालित देशकै उत्कृष्ट सहकारी बन्नका लागि शुभकामना दिनुभएको थियो । उहाँले भन्नुभयो – ‘संस्थाले २५ औ बर्ष पार गरिरहँदा लक्ष्मी महिला साकोसले कुनै पनि गलत नियत नराखी समुदायमा आधारित भै सदस्य एवम् समुदायको नाम राख्न सफल हुँदै गएकोमा खुसी लागेको छ, साथै नगरपालिकाका तर्फबाट हुने सहयोगहरुमा जुनसुकै समयमा पनि हातेमालो गर्न प्रतिबद्ध छौं ।’
कार्यक्रममा संस्थामा आवद्ध एसईई उत्र्तीण बाल सदस्यहरुलाई प्रसंशा पत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका संचालक सदस्य अनिता कुइकेलद्वारा रचित संस्थागत गितमा संगित तर्फ जीवन तोलाङेको सहयोगमा संस्थाका लेखा संयोजक सोबिता थापा मगर, अनिता कुइकेल, कर्मचारी यमुना प्रधान र ललिता थापाको स्वरमा प्रस्तुत पनि गरिएको थियो ।
संस्थाले आगामी यो वर्षभरी २५ औं रजत महोत्सवको उपलक्ष्यमा वर्ष भरिनै विविध कार्यक्रम गरिने घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि