५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

‘१० दिन मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी पथान्तरण बन्द हुने’


काठमाडौँ । यही जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ ।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जानकारी यही जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची सुरुङबाट हुने पानी पथान्तरण बन्द हुने जानकारी दिएको हो ।
काठमाडौँ उपत्यका खानेपानीका प्रवक्ता प्रकाशकुमार राईले मेलम्ची खानेपानी विकास समितिले आयोजनाको अम्बाथान स्थिति हेडवक्समा गेट नम्बर १ र ९ तथा अडिट सुरुङमा मेकानिकल पार्टको जडान लगायत संरचनाहरुको निर्माण तथा सुधार कार्य गर्न लागेकाले सुरुङ बन्द गर्न लागेको बताए । वर्षा याममा हुनसक्ने सम्भावित प्राकृतिका प्रकोप कारण आयोजनामा थप क्षति हुन नदिन विषम परिस्थिति बाहेक १२ महिना पानी सञ्चालन गर्ने उद्देश्यले मेलम्ची खानेपानी विकास समितिको रहेको उनले बताए । उक्त कार्य सम्पन्न भएपश्चात यो वर्षको वर्षा याममा पनि आयोजनाको प्रतिकुल अवस्थामा बाहेक अन्य अवस्थामा सुरुङबाट पानी पठाउने कुरामा आशावादी रहेको उनले बताए ।
प्रवक्ता राईले सुरुङबाट पानी पथान्तरण बन्द हुने भएसँगै काठमाडौँ उपत्यका खानेपानी वितरणको तालिका पानी वितरणको दिन अवधिको अन्तर बढाएर हेरफेर गरिएको बताए । खानेपानी वितरणको तालिका काठमाडौँ उपत्यका खानेपानीको वेबसाइट र शाखा कार्यालयहरूको फेसबुक पेजमार्फत प्रकाशन गरिएको उनले बताए । २०७९ साल मंसिरदेखि आजसम्म मेलम्ची खानेपानी आयोजनाबाट भइरहेको निरन्तर पानी आपूर्तिले काठमाडौंबासीको मुहारमा देखिएको सन्तुष्टि र खुसीलाई दिगो र बाह्रै महिना कायम राख्ने प्रयास रहने उनले बताए ।
प्रवक्ता राईले मेलम्चीको १७ करोड लिटर पानी आउँदा १७ करोड रुपैयाँ उठ्नुपर्ने मान्यता भएपनि १० हजार लिटर बराबर एक सय रुपैयाँसम्म उठ्ने गरेको बताए । विगतमा ५ हजार लिटर पानी आउँदा पनि सय रुपैयाँ संकलन भएको १७ करोड लिटर पानी अनुसार आम्दानी नदेखिने उनले बताए । मेलम्चीको १७ करोड लिटर पानी आएप्रश्चात वार्षिक आयमा १० करोड रुपैयाँले वृद्धि भएको उनले बताए । मेलम्ची आउनु भन्दा पहिला वार्षिक ६५ करोड रुपैयाँ हुने गरेकोमा मेलम्ची आएपछि ७५ करोड पुग्ने अवस्था रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि